रत्नजित दोस्रो चरणमा

admin

काठमाडौँ, २५ मङ्सिर: नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ बङ्गलादेशमा आजदेखि शुरु भएको ‘योनेक्स सनराइज बङ्गलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८’ को दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पुरुष एकलतर्फ रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २१– ११ र २५–२३ अङ्कले पराजित गर्नुभयो । अब उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसँग बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन् । धामी इण्डोनेसियाका क्रिष्टियन एडिनाटासँग २१–१८ र २१–१३ अङ्कले पराजित भएको नेपाली टिमका साथ रहनुभएका टोली व्यवस्थापक सुभाष श्रेष्ठले जानकारी दिनुभयो । पुरुष जोडीतर्फ रत्नजित र दिपेशको जोडी बाई पाएर दोस्रो चरण प्रवेश गरेको छ ।

यस्तै महिला जोडीतर्फ नङ्शलदेवी तामाङ र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर पाई क्वाटरफाइनल प्रवेश गरेको छ । मिश्रिततर्फ दिपेश र अमिताको जोडीले मरिससको खेलाडीबाट वाक ओभर प्राप्त गरी दोस्रो चरण प्रवेश गरेको छ ।
-रासस

प्रतिक्रिया