रत्न स्वर कोकिला लत्ता मंगेशकरमाथि हत्याको प्रयास भएपछि तीन महिनासम्म गीत गाउन सकेकी थिइनन्

मनिषा थापा

एजेन्सी  :  भारत रत्न स्वर कोकिला लत्ता मंगेशकरको हिजो (शुक्रबार) जन्मदिन थियो । हिजोबाट लत्ताले ८९ वर्ष टेकेकी छिन् । भारतीय संगित उद्योगमा सात दशकसम्म राज गरेकी उनी आज यस क्षेत्रमा उत्तिकै सम्मानित छिन् र आदर्शको रुपमा पुजिन्छिन् । आफ्नो आवाजको जादूले विश्वलाई मन्त्रमुग्ध बनाएकी लत्ताले तीस हजारभन्दा धेरै गीतहरुमा आवाज दिइसकेकी छिन् ।

उनी २८ सेप्टेम्बर १९२९ मा इंदौरमा जन्मिएकी हुन्। पाँच वर्षको उमेरबाटै आफ्नै बुवासँग संगीतको शिक्षा लिएर भारतवर्षभरी आफ्नो आवाजको शक्तिमा राज गर्न सफल भएकी लत्ताको कुनै समय हत्या प्रयास भएको थियो भन्ने बारेमा सायद कमैलाई थाहा होला । १९६२ मा जब लत्ता मात्र ३३ वर्षकी थिइन् त्यस समय उनलाई स्लो पोइजन दिएर हत्या गर्ने प्रयास भएको थियो । लेखिका पद्यमा सचदेवले आफ्नो पुस्तक ‘ऐसा कहाँसे लाउ’ मा यसबारे खुलासा गरेकी छिन् ।

पद्यमाले लेखेकी छिन्,‘लत्ता जी जब ३३ वर्षको हुनुहुन्थ्यो तब उहाँले मलाई यो कुरा बताउनु भएको थियो । एक दिन विहान उहाँको पेटमा एकदमै पीडा भयो । केही समयमा नै उहाँलाई दुई तीन पटक वान्ता भयो जसमा हरियो रंगको केही चिज थियो । त्यो चीज चल्ने अवस्थामा थियो र उनको शरीरभरी नै तिब्र पीडा हुन थाल्यो । तत्काल लत्ता मंगेशकरको डाक्टर आफ्नो एक्सरे मेशिनको साथमा उनलाई चेक गर्न आए र उनलाई इंजेक्शन दिए जसका कारण उनलाई निद्रा आयो । पीडाको कारण उनी सुत्न पनि पाइनन् । त्यस पछिको तीन दिन यस्तो रह्यो कि उनी मृत्युको निकै नजिक पुगिन् । तर अन्तत उहाँ दश दिनपछि ठिक भइन् । उनको डक्टरले उनलाई कसैले स्लो पोइजन दिएको बताए ।’

पुस्तकमा अगाडी लेखिएको छ,‘यसपछि आश्चर्यको घटना यो भयो कि उनको घरको भान्से भाग्यो । यहाँसम्म कि उसले आफ्नो तलब पनि लिएनन् । लत्ताको घरमा जुन कुक खाना बनाउँथ्यो उ पहिले पनि बलिउडसँग जोडिएका केही मानिसहरुको घरमा काम गरिसकेको थियो ।’

पद्यमाले पुस्तकमा त्यस स्लो पोइजनको कारण लत्ता एकदमै कमजोर भएको उल्लेख गरेकी छिन् । उनले तीन महिनासम्म बेड रेस्ट गरिन् र त्यस समय उनले गाउन सकिनन् । उनको भित्र पीडा रहिरहन्थ्यो । खानामा धेरै ध्यान दिनुपरेको कारण त्यस समय उनी चिसो सुप मात्र पिउने गर्थिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू