रयान कार्कीको निर्देशनमा संगीतकार नगेन्द्र श्रेष्ठको ‘उड्ने रहर’ बोलको गित सार्वजनिक [भिडियो सहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। खुल्ला आकाशमा पँक्षी बनेर उड्ने रहर हुँदाहुँदै पनि समाजमा अझै बेचबिखन, बलात्कार, नारी हिंसाका घटनाहरु घटिरहेका छन्। आजभोली नेपालमा छोरीचेलीको सुरक्षाको महसुस कम बोध हुने बिभिन्न घटनाहरु सुनिदै आएको छ। कहिले बलात्कारको घटना त कहिले चेलीबेटी बेचबिखन जस्ता थुप्रै घटनाहरु दिनानुदिन बढ्ने क्रममा छ।

आजभोली गीत तथा भिडियोमा पनि यस्ता कुकर्म गर्ने व्यक्तीहरुलाई सजाय दिनुपर्छ र सहनेहरुले पनि आवाज उठाउनु पर्छ भन्ने विभिन्न खाले सन्देश बोकेर गीत तथा भिडियोहरु सार्वजनिक हुन थालेका छन ।

यही क्रममा भर्खरै सांगीतिक बजारमा सार्वजनिक भएको रयान कार्कीद्वारा निर्देशित र चर्चित भद्रगोलकी अभिनेत्री रक्षा श्रेष्ठ अभिनित ‘उड्ने रहर” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनी बाहेक भिडियोमा कौशल, निर्जला, जीवनको अभिनय हेर्न पाइन्छ । भिडियोमा बिदेशमा बेचिने चेलीहरुको कथालाई संराशमा देखाउन खोजिएको छ । यस गीतको म्युजिक भिडियो सम्पूर्ण बिदेशमा बेचिने चेलीहरुप्रती समर्पित रहेको कुरा भिडियो निर्देशक रयान कार्कीले भन्नु भयो ।

निकै नै मर्मस्पर्शी शब्दहरुले भरिएको गीतका रचनाकार भने किरण पल्पसा जि हुनुहुन्छ भने सँगीत नगेन्द्र श्रेष्ठको रहेको छ । साँगितिक क्षेत्रमा राम्रै नाम र स्थान हासिल गरिसक्नु भएकी गायिका बबिता मानन्धरको आवाजले सुसज्जित गीतलाई रिकेश गुरुङले एरेन्ज गर्नु भएको हो । भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ भने इडिटिङ तथा कलरिङ्ग प्रबिन श्रेष्ठको र सविना गुरुङको मेकअप रहेको छ ।

प्रतिक्रिया