रविन्द्र अधिकारीको दुर्घटना हुनुभन्दा अघि दुई छोरा र विद्याले यस्तो सपना देखेका थिए [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, १८ वैशाख : स्वर्गीय पर्यटन मन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको ठ्याक्कै दुई महिना भएको छ । अरुले त सो घटना विस्तारै विर्सदै जान थालिसके तर रविन्द्रको श्रीमती, आमा बुवा र परिवारका सदस्यका लागि भने जिवन भरको लागि चोट दिएर गयो त्यो घटना ।

एक अन्तर्वार्तामा रविन्द्रको पत्नी विद्या भट्टराईसँग सो घटना हुनुभन्दा अघि केही संकेत पाउनुभएको थियो ? भनेर सोधेको प्रश्नमा विद्याले भनेकी छन्,”त्यो घटना हुनुभन्दा पाँच दिनअघिको कुरा हो। उहाँ पोखरा जानुभएको थियो। बेडमा सानो बाबु र म मात्रै सुतेका थियौँ। विहान उठ्नेबित्तिकै उसले भन्यो, ‘मामु, आज म ‘मुड अफ’ छु। मैले सोधेँ, ‘किन बाबा ?’ उसले भन्यो, ‘बाबाको प्लेन क्र्यास भयो, बाबा रहनुभएन।’ बाबा (रवीन्द्र) प्लेनमा हिँडिराख्ने, त्यसैले मैले भनेँ, ‘हैट्, बाबा धेरै प्लेनमा हिँड्नुहुन्छ। सोच्यो धेरै, अनि यस्तो भयो।’ ‘उठ ल उठ, ब्रस गर’ पनि भनेँ। उ उठ्यो र वाथरुम गयो। ब्रस गरेर आएपछि ‘दुध–चिउरा खाऊ’ भनेँ।

खाएपछि उसले फेरि भन्यो, ‘मामु, मलाई गाली नगर्नु है! नहप्काउनु है!! त्यो कुरा मैले सपनामा देखेकै हो।’ म आज स्कूल जान्न है, कसरी जाऊँ भा’ छ’, उसले भन्यो। बच्चाले भनेको कुरा, मैले धेरै विश्वास गरिनँ। सपना देख्यो नै भन्ने पनि लागेन। ‘धेरै कल्पना ग¥यो होला, अनि यस्तो भयो’ भन्ने भयो। उ स्कूल गयो। स्कूलबाट उ फर्कंदा रवीन्द्रजी पोखराबाट काठमाडौँ आइसक्नुभएको थियो। स्कूलबाट फर्किने बित्तिकै सोध्यो, ‘बाबा आउनु भयो ? ’ आइसक्नु भयो बाबा त’ मैले भनेँ। ‘ओ हो, म त कस्तो खुशी भएँ’ भन्यो।

‘तिमीले अनेक अनेक सोचेकाले सपना देख्यौ, त्यस्तो सोच्न हुन्न है अब’, उसलाई भनेँ। खासमा त्यो सपना मैले पनि बिर्सिसकेको थिएँ। उ त बच्चा न भयो, उसले पनि बिर्सिसकेको थियो। मैले देखेको चाहिँ १५ दिनजति भएको थियो। सपनामा एउटा ठूलो चौर थियो, चौरमा ठूला रुख थिए। त्यो चौरको एउटा ठूलो पाटो नै बगाएको थियो।

आमा केही दिनअघिदेखि विरामी हुनुभएको थियो। २४ घण्टा नै अक्सिजन लिनुपर्ने स्थिति थियो। सपनालाई विश्वास गर्ने हो भने, यो आमातिर जान्छ भन्ने भयो मलाई। म कहिलेकाहीँ यस्ता सपना देख्छु, सपनाको नकरात्मक परिणाम आएको पनि छ। त्यसैले, सपनालाई विश्वासै नगर्ने पनि होइन। ‘त्यस्तो सपना देखेँ, केही भइहाल्ने हो कि’ भन्ने चिन्ता लाग्यो।

तर, सपनाबारे धेरैबेर सोचेर बस्दिनँ म। ठूलो छोराले पनि यस्तै सपना देखेको रहेछ। दुईजना दाजुभाई खाना खान बसेका रहेछन्। सानो भाई चाहिँ तल बसेको रहेछ। त्यसलाई के भन्ने खोई? तर, सानोले सपनामा जे दुर्घटना देखेको थियो, त्यस्तै भयो। घटना घटिसकेपछि सानो बाबु ‘मलाई त्यही सपनाको याद आउँछ’ भन्दै कल्पेर रुन्थ्यो। त्यो सपना ५–६ दिनसम्म उसका लागि ‘ट्रमा’ भयो।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू