किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी दिन पुगिन रवि पत्नी निकिता

मनिषा थापा

पिएनपिखबर : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रहरी परिसर काठमाडौँमा दिन पुगेकी छिन्।

उनले पुडासैनीको भिडियो कीर्ते गरेको आरोपमा चितवनका प्रहरी उपनिरीक्षक दानबहादुर मल्ल, जनआस्था नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र साप्ताहिकका सम्पादक किशोर श्रेष्ठविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहिरी दिन पुगेकी हुन्।

पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई चितवन प्रहरीले काठमाडौंबाट गत बिहीबार नै चितवन लगि अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

साउन २० गते सोमबारको दिन पत्रकार शालिकराम पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले देशभर नै उनको रिहाईको माग गर्दै प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया