रवि लामिछानेको गीत गाएर चर्चामा आएका नीलमणि भण्डारीले दिए रविको विरोधीलाई मुखभरिको जवाफ [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। नीलमणि भण्डारी एक कुशल गायक हुन्। उनी शारीरिक रुपमा अशक्त छन्। उनका हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ। भोजपुरमा जन्मिएका नीलमणि भण्डारी गायक बन्ने ठुलो सपना बोकेर काठमाडौँ आएका हुन्। उनी प्राय दोहोरी गीतहरुबाट चर्चित छन्। उनले हालै पनि रवि लामीछानेको समर्थनमा व्यङ्ग प्रहार गरि गीत प्रस्तुत गरेका थिए जुन निकै भाईरल बनेको थियो।

उनी जन्मिएको सात महिनाको हुँदा हातमा घाउ आएको थियो। खासमा उनलाई पोलियो लागेको थियो तर उपचार गर्न अस्पताल लानु पर्ने ठाउँमा सबैको कुरा सुनेर धामी झाक्री कहाँ लगियो। झाक्रीमाथिको अन्धविश्वासले गर्दा अस्पताल लान ढिलो भएका कारण उनको शरीर नै अपाङ्ग भएको उनले बताए। यदि बिकसित ठाउँमा उनी जन्मिएका भए सायद आज अरु जस्तै सपाङ्ग हुने थिए। उनी यसलाई आफ्नो भाग्यमा लेखिएको भागभोग मानेर चित्त बुझाउने गर्छन।

उनले आफु अशक्त भएका कारण सांगेतिक यात्राको क्रममा निकै चुनैतीको सामना गर्नु परेको उनले बताए। यस क्षेत्रमा आएपछि धेरै मिडियाले बोलाउने गर्छन तर मिडियाहरु ४/५ तल्लामाथि हुन्छन जसले गर्दा हामी जस्तालाई जान अप्ठ्यारो हुने उनको भनाई छ। उनी भन्छन,’नेपालमा अझै पनि शिक्षित् बनिसकेको छैन। धेरै शिक्षित भएता पनि कोहि यस्ता भेटिनछन् जसले शारीरिक रुपमा हामी जस्ता अपाङ्गलाई सभ्य भाषाबाट सम्बोधन नगरी होच्चाएर बोल्ने गर्छन जसकारण मन दुख्ने गर्छ।’

उनले रवि लामिछानेले समाजको लागि राम्रो काम गरिरहेको उनले बताए। उनले समाज सेवीहरुको बारे देखि समाजको अबस्थालाई चित्रण गरि गीत लेखें गाउने गर्छन। भण्डारी अझै सांगेतिक क्षेत्रमा निरन्तर लागिरहेको र अझ राम्रो गायक बन्न बाँकि रहेको उनी बताउँछन। उनले आगामी दिनमा विदेशमा बस्ने नेपाली जसले पिडामा परेका व्यक्तिलाई आफ्नै दुख सम्झेर सहयोग गर्न्र सहयोगी मनहरुको बारेमा गीत गाउने बताए। उनी गायन क्षेत्रको साथै मिडियामा पनि आबद्ध छन्।

करिव ४ महिना अगाडी उनको सम्बन्ध बिच्छेद भएको थियो। उनले आफ्ना शुभचिन्तकलाई आफ्नो व्यक्तिगत फेसबुक आइडीबाट स्टेटस लेखेर यो कुराको जानकारी गराएका थिए। यस्तो छ उनको स्टेटस :

आजको दिनलाई मैले कालो दिनको रुपमा मनाउने छु! काठमाण्डौं जिल्ला अदालत मेरो लागि यमराजको घर बन्यो आज!त्यही यमराजको ढोका भित्रका यमदुतहरूले तयार पारीदिएको बादी प्रतिबादी नामक छोडपत्रको कागजमा हस्ताक्षर धस्काएर वर्षौं लगाएर जोडिएको सम्बन्ध र सम्बन्धलाई जोगाई राख्नका निमित्त मैले गरेको हदै सम्मको प्रयास र हदैसम्मको क्षमा याचनाबाट मैले हारेँ नानु!तिमीले जित्यौ! तिमी सधैँ सुखी रहू नानु सधैँ खुसी रहू! कागजी रुपमा तिमी र म बिचको सम्बन्ध त सकियो आजबाट! तर मेरो अन्तर हृदयबाट तिमी कहिल्यै बाहिरीने छैनौ!भगवानको रुपमा तिमीलाई पुजीरहनेछु यो जुनी भरी! बाँची रहने छेऊ मेरो आँखाको नानी बनेर! मैले बनावटी मायाँ देखाउन नजान्दा यति ठूलो विछोडको पीडा पाएँ! अर्को जुनीमा तिमी भगवान भएर जन्मनु है? अनि मेरो मुटुभित्र पसेर खोजी खोजी छामी छामी हेर्नु कति मायाँ गर्थ्यो भनेर!धन्यवाद छ तिमीलाई नानु!एघार वर्ष सम्म मेरो सेवा गरेऊ,सायद पूर्व जुनीमा मेरो ऋण खाएकी थियौ होला,चुक्ता गरेँ भनेर चित्त बुझाऊनु! यदी तिमी अर्को जुनीमा मानव भएर जन्मिएऊ भने जीन्दगी भरी तिम्रो सेवा गर्नेछु! मलाई नसराप्नु है नानु! तिमीलाई गुन लगाउन सकिनँ, तिमीले लगाएको गुन को ऋणी छु नानु! अन्तमा: तिमी सँग जोडिएका चीजहरु म सँग सुरक्षित छन्! जुन् चिजलाई छुँदा पनि तिमीलाई नै स्पर्श गरेको महशुस हुनेछ, ती सारा चीजहरुमा तिम्रो बासना आऊने छ! तिमीलाई मासु कति धेरै मन पर्थ्यो है नानु?जतीबेला म राती राती दोहोरी साँझमा काम गर्थेँ! धेरै पैसा हुँदैनथ्यो म सँग!ग्राहकहरुले दिएको टिप्सबाट एक पावा मासु ल्याएर खललल झोल् हालेर पकाईदिन्थेँ म!कति मीठो मानेर त्यो झोल् सँग भात खान्थेऊ नी है?त्यसैले आजकै दिनबाट मैले खाँदै आएको मासुलाई त्यही अरुका लागि अदालत,तर मेरो लागि यमराजको ढोकामा चढाएर आएको छु! खै कस्को पापी नजर लाग्यो कुन्निँ हाम्रो मायाँमा!चाहे दैव को नै नजर लागेको भए पनि म सधैँ आकाशमा ऊँडेका ती बडेमानका जहाजलाई टुलुटुलु हेरेर बसिरहनेछु! तिमी बिदेशबाट नेपाल आएका बखत र नेपाल बाट विदेश ऊँडेका बखतमा जहाजको झ्यालबाट मलाई नियाँल्नु है? म जहिले सम्म यो संसारमा रहन्छु,त्यहिले सम्म तिम्रै नाम पुकारी रहेको हुनेछु,र जीवनको अन्तीम घडीमा पनि तिम्रै नाम जप्दै मेरो प्राँण जानेछ!!ऊही तिमीलाई मायाँ गर्ने पागल प्रेमी!!!

४ महिना बितिसक्दा पनि उनलाई उनको पुर्वपत्नीले मेसेज मार्फत धम्काउने गरिन्। उनले भुल्न खोजेको पिडा झन् बल्झिएकोले उनी फेरी एउटा लामै स्टेटस लेख्न बाध्य भए। यो पटक भने उनले आफ्नो पुर्व पत्नीलाई सम्बोधन गरेर निर्धक्कसँग लेखेका छन्। यस्तो छ अहिलेको उनको स्टेटस :

😭😭😭😭पूर्व पत्नि महोदय😭😭😭😭

“त्यत्तिकै भनेको होईन मैले हामी जस्ता आम सर्बसाधारण जनताहरुको न्यायको मँन्दिर अथवा न्यायको ढोका मानिने त्यो काठमाण्डौं जिल्ला अदालतलाई यमराजको ढोका!पैसाले कानुन किन्ने हाम्रो देशमा को मान्छे भित्र कति पिडा छ,कसलाई कति सम्म न्याय दिनुपर्छ भनेर कसैले सोँच्दो रहेछ र?म जाबो त एक प्रतिनिधि पात्र मात्रै त हूँ!म जस्ता कैयौँ मायाँका भोका पागल प्रेमीहरु बिना कशुर झूटो कानुनको दायरमा बाँधिन बिबश् भएको आफ्नै आँखाले देखेर आएको छु,नामको मात्र त्यो न्याएको मन्दिर नामक नर्कमा जाबो मायाँको के मूल्याँङ्कन्?त्यसैले त वास्तविक मायाँको परीभाषा बुझेका तर ब्यबहारमा ठ्याक्कै बिपरित बन्नँ सिपालु पैसाका भोका ती पिपासु यमदूतहरुको कठोर सजायमा म पनि परेँ!अनि आँखाबाट बलिन्धारा आँशुका धारा बगाउँदै यमदूतहरुले तयार पारीदिएको त्यो बादी प्रतिबादी मिलापत्रको कागजमा मुटुमाथि ढुँङ्गा राखेर हस्ताक्षर धस्काउनु पर्‍यो!पुरानो र बितिसकेको कुरालाई फेरी पनि दोहोर्‍याउनु पर्दा म आफैँ लज्जित छु,कुनै पनि घाऊमा जब खाटा बस्न थाल्छ अनि कोट्याईदिने काम गर्‍योभने घाऊ पूर्ण रुपमा निको हुने कुरा त परै छोडौँ,त्यसको साटो बरु ऊल्टै क्यान्सर जस्तो भयानक रोगले आक्रमण गर्न सक्ने तीब्र सम्भावना रहँन्छ!त्यसैले मेरो यो पुरानो मायाँको घाऊलाई पनि आज यही स्ट्याटस मार्फत् समाप्त गर्ने अनुमति चाहेँ।ता की अबको मेरो बाँकी जीवनमा उही पूरानो मायाँको घाऊ पटक पटक बल्झिएर म कुनै पनि समयमा डिप्रेशनको शिकार नबनूँ! “पूर्व पत्नि महोदय,एघार वर्षे यति लामो समयसम्म तपाईँले मलाई दिनुभएको साथ र सहयोगको म ऋणी छु र रहिरहने छु!अस्ति सम्म म सडकमा थिएँ,हिजो म माथि तपाईंले कृपा राखेर छाप्रो सम्म पुर्‍याउनुभयो,तर आज म माथि तपाईंको कृपा परेर छाप्रोबाट फेरी सडकमा पुर्‍याएर छोडिदिनुभएको छ,त्यसका लागि पनि तपाईंलाई हृदयदेखि नै धन्यवाद!यो भन्दा बढी सम्बोधन गर्न आएन,त्यसका लागि पनि म हृदयदेखि नै क्षमा चाहन्छु!तपाईंले मलाई लगाउनु भएको यति ठूलो गुनको पैँचो तिर्नका निमित्त मैले यत्ति चाहीँ भन्नैपर्छ,जे गर्नुभयो ठीकै गर्नुभयो!किनकी मेरो हैसियत नै कहाँ थियो र म जस्तो एक सडक छाप झुप्रोमा बस्नेँ,अनि तपाईं सँगै मायाँको न्यानो अँगालोमा बेरिने!तपाईं त महलमा विराजमान हुनुपर्ने हैसियतकी व्यक्तित्व,धन्नँ धन्नँ झूप्रोमा झरेर केही समयसम्म भए पनि मेरो हैसियतलाई केलाई कुलाई गरेर समाजको नजरमा ठूलो पुण्य समेत् कमाउनुभयो!समाज त धेरै परको कुरा,मेरो घर परिवारबाट पनि यो मध्य कलि यूगमा भगवानकै रुपको उपनाम समेत् पाउनुभयो!आजका मिति सम्म पनि मेरी आमाले तपाईंलाई भगवानकै रुपमा पुजीरहेकी छिन् र पूजीरहने छिन् “महोदय!यसमा गल्ति तपाईंको होईन,गल्ति मेरो नै थियो,किनकी तपाईं जस्ति धनाढ्य ब्यक्तित्वको म प्रतिको “दया”र क्षणिक नाटकीय साथले मैले पनि कति चाँडै आफ्नो औकात र हैसियतलाई भुलेछु!मानिसले जब जब आफ्नो औकात र हैसियत भुल्छ नि,तब तब तपाईं जस्ति होनाहार ब्यक्तित्वको आगमन् जो कोहीको जीवनमा अपरिहार्य छ!अनि मैले पाएको जस्तै सजाए काफी छ,जसलाई शिक्षाको रुपमा ग्रहँण गर्न सकियोस!तर ध्रुव सत्य कुरा आज बोल्न डराउँदिनँ “महोदय,सडकमा जन्मिएको एक कुकुरको बच्चो पनि आफ्नो भाग्य लिएर जन्मिँएको हुँन्छ,म त मान्छेको बच्चा हूँ,जन्मिएको छैठौँ दिनमा भाविले लेखिदिएको भाग्यमाथि आशा र विश्वास राख्दै,म निरन्तर अगाडी बढीरहेको छु!अझै पनि यो सडकबाट सदनसम्म पुग्ने मेरा ति हजार सपनाहरु मरेका छैनन्!अनि मेरा लाखौँ ईच्छा र चाहनाहरु त झन् झन् दिन् प्रतिदिन् सल्बलाउँदै गईरहेका छन्!तपाईंले म प्रति गर्नुभएको “दया”को पैँचो तिर्ने संकल्प र अठोट लिएर!आज मलाई पनि साँच्चिकै “दया” लागेर आएको छ “पूर्व पत्नि महोदय,तपाईं प्रति र तपाईंको त्यो अति महान् बिचार प्रति कठै बिचरा!म सँगै यात्रा गर्दा ढिलो पुगिएला भनेर होला तपाईंले पुरै जीन्दगीको एक चौथाई भाग सम्म मात्र मेरो परीक्षा लिनुभयो,आशा छ मेरो असलियता र मेरो कर्तुतलाई नजिक बाट बुझेर नै होला मेरो साथ छोड्नुभयो!”पूर्व पत्नि महोदय,म हारेको छैन,तपाईंले छोड्नुभएको यो सडकबाट सदनमा पुग्नका लागि म ताते ताते गर्दै घिस्रिरहेको छु,एक दिन् म अवश्य पुग्नेछु!तपाईं जस्ती बलवान दुई हात पाखुरा मजबुत भएकी एउटा रौँ समेत् बाँङ्गो नभएकी रानी की पनि महारानी अलि छिटो पुग्नुहोला!प्रकृतिले समेत ठगिएको म जस्तो अष्टाबक्र,अझ सबैले बुझ्ने सजिलो शब्दमा भन्नुपर्दा आठ ठाऊँमा भाँचिएको लंगडो थोरै ढिलो पुगुँला के नै फरक पर्छ र?अर्को कुरा पनि आज म स्पष्ट सँग भनी दिन्छु,यदी म यो सडकबाट सदनसम्म पुग्न नसके तपाईंको चाहना पूरा भएछ भनेर चित्त बुझाउँनेछु “महोदय!तपाईंले बारम्बार भन्नुभएकै थियो,तँलाई सडकमा नपुर्‍याई छोड्दिँन,आशा लिएको छु सायद खुशी नै हुनुहुँन्छ होला!”पूर्व पत्नि महोदय,सबै कुराहरु यहाँ लेखिरहन उचित ठानिनँ,जुन् कुराहरु मैले मेरो जीवनी पुस्तकमा लेख्ने छु,त्यो पुस्तकको लेखन कार्य अहिले सम्म पनि जारी नै रहेको कुरा अवगत गराउन चाहँन्छु!महोदयलाई अब मेरो खास विषयवस्तु तीर ध्यानाकर्षण गराउँन चाहँन्छु! कुरा २०७५ साल अशोज ९ गते,जुन् दिन् कागजी रुपमा तपाईं र म बिचको सम्बन्धको अन्त्य भएको थियो!कुराहरु धेरै छन् “महोदय,त्यस दिनको मेरो स्ट्याटस हेरेर तपाईंले मलाई भन्नुभएको थियो,बरु सडकमा बसेर भिख् माग् भिखारी! त्यो स्ट्याटसलाई अझै पनि राम्रो सँग पढ्नको लागि फेरी म तपाईंलाई अनुरोध गर्दछु महोदय,र आज एउटा कुरा पनि तपाईंलाई प्रष्ट पार्दैछु! मैले यो सामाजिक सञ्जाललाई प्रयोग गरेर मेरो दुःख देखाउँथेँ भनेँ,यति बेलासम्ममा मैले मेरा लागि कम्तिमा एक करोड रुपैयाँ उठाईसकेको हुन्थेँ!मैले आफ्नो पिडालाई थाँती राख्दै,बिभिन्न किसिमका पिडामा पिल्सिएका अधिकांश नारीहरुका समस्याको समाधान गर्न र हस्पिटलका बेडमा जीवन् र मृत्युको मुखमा छटपटाई रहेका ती बिरामीहरुको उद्धारका निमित्त आफ्ना आवाजहरु जताततै छरिपष्ट रुपमा कतै गीतका माध्यमबाट त कतै बोलीका माध्यमबाट आम जनमानसमा गुँञ्जाईरहेको कुराले पो कहीँ कतै तपाईंलाई छोयो की?यदी त्यस्तो होईन भने देश विदेशमा मेरा जति पनि शुभ चिन्तकहरु हुनुहुँन्छ,मैले कोही कसैलाई म्यासेज मार्फत अथवा सामाजिक सँञ्जाल मार्फत् मेरो लागि सहयोग गरीदिनुस भनेको एउटा मात्रै प्रमाण पेश गर्नुस “महोदय,त्यस बखत सही साँचो ठहरिए म आफैँ बिख सेवन गरेर मरुँला!रह्यो कुरा मिडियालाई अन्तर्वार्ता दिएको,अशोज ९ गते देखि अशोज १५ गते सम्ममा मेरो मोवाईलमा लगभग एक सयका हाराहारीमा मिडियाहरुको फोन आएको थियो,जसको प्रमाण पनि म सँगै सुरक्षित छ!मैले कसैलाई अन्तर्वार्ता नदिएको कुरा पनि “पूर्व पत्नि महोदय,मा निवेदन टक्राएँ!एउटा पिएनपी मिडियालाई मात्र मैले अन्तर्वार्ता दिएको छु! जसको प्रमाण समेत खोज्न चाहेका खण्डमा अहिले पनि भेटिँन्छ,अरु जति पनि मिडियाहरुले समाचार बनाए त्यो सबै मेरो ब्यक्तिगत फेसबुकबाट तानेर बनाएका हुन्!आखीर किन र के का लागि मेरो अहिले सम्म पनि खेदो खनिरहनु भएको छ,महोदय,ले? यो मैले बुझ्न नसकेको कुरा!”पूर्व पत्नि महोदय,मैले कहिले पनि म आफू सही र तपाईंलाई गलत कहीँ कतै भनेको छैन,आज पनि म यही भनी रहेको छु,यदि म सही थिएँ भने त किन तपाईंले मलाई छोड्नु हुँन्थ्यो र?मैले बारम्बार यही भनीरहेको छु,र भनीरहने छु,मैले त केवल तपाईंको चाहना पूरा गरीदिएको मात्र हूँ!२०७५ को कार्तिकमा तपाईं मलाई छोडपत्र दिनका लागि नेपाल आउनुभयो,म काठमाण्डौं छोडेर भागेँ!तपाईंले मलाई छोडपत्र दिने खबरले मेरी वृद्धा अबस्थाकी आमा ईन्तू न चिन्तु एक हप्ता सम्म ओछ्यान परेर झण्डै मृत्यूको मुखमा पुगेकी थिईन्!कति गाह्रो भयो होला मलाई,सोँच्न सक्नुहुँन्छ?हाम्रो सम्बन्ध सुधार्नका लागि मैले के के चाहीँ गरिनँ?बाघले बाख्रो झम्टिए जस्तो बारम्बार मलाई झम्टिएपछि म तपाईंको आहारा बनीदिएको मात्र हूँ!आखिर २०७५ साल अशोज ९ गते तपाईंले मलाई बाध्य बनाउनुभयो त्यो यमराजको ढोका भित्र पसेर हामी दुई बिचको सम्बन्ध समाप्त गर्न!तपाईंले लगाउनुभएका बादी प्रतिबादी ती यमराजका दूतहरुलाई पनि मैले गर्नु सम्मको अनुरोध र बिन्ति गरेँ,म डिभोर्स दिन्नँ,उहाँलाई एक तर्फी डिभोर्स दिएर जानु भन्दिँनु!वकिलको हातमा परेको दुहूनो गाई,नदोईकन किन छोड्थे!हजार बाहाना बनाएँ,हजार बिन्ति टक्राएँ,मेरो केही सिप लागेन आखीर मलाई बाध्य बनाईयो,अन्तत:रुँदै रुँदै त्यो यमराजको ढोकाभित्र गएर बादी प्रतिबादी मिलापत्र कागजमा हस्ताक्षर धस्काउन बाध्य भएको थिएँ म!धन्य छौ भगवान तिमी!तिम्रो लिला पनि अपरम्पारको रहेछ!कहिले काहीँ त मान्छेहरुले भन्ने गरेको यो पुरानो उखान टुक्काको याद आउँछ,र साँच्चै नै हो की क्याहो जस्तो लाग्छ!यो कलिमा जस्ले गर्‍यो पाप उसलाई फलिफाप,जसले गर्‍यो धर्म उसको फुटेको कर्म!जुन् श्रीमतीको सुख शान्ति र दीर्घआयूको कामना गर्दै श्रावण महिनाभरी बोलबमको ब्रत बसेर पाँचै सोमबार कालो साउने झरिमा घिस्रि घिस्रि सुन्दरीजलको पानी ल्याएर पशुपतिनाथको मन्दिरमा चढाएँ,फल स्वरुप कोही परस्त्रीसँग मलाई बात् लगाईयो!ऊनै श्रीमतीको सु-स्वास्थ्य सुख शान्ति एबम् दीर्घआयूको कामना गर्दै एक्काईस हप्ता बगलामूखी माँ को निराहार ब्रत बसेँ,फल स्वरुप छोडपत्रको सजाय पाईयो!वाह मैले गरेको धर्म र मैले कमाएको पूण्य!थुईक्क म जस्तो पापी,पापीको पराकाष्ट,अधर्मी,अधर्मीको पनि पराकाष्ट,हिम्मतहारा,पत्नी ब्रतालाई यत्ति मात्र हो सजाए?अरु कुनै सजाय छैन यो भन्दा ठूलो? जुन् सजाय सुन्ने बित्तिकै मेरा नौ नारी गलेर यो धर्ती बाटै बिदा लिनु परोस्!समय वलवान छ रे,समयले देखाउँछ रे,हे भगवान् छिटो देखाई देऊन मलाई कस्तो समय आउँदो रहेछ म पापी को लागि,हत्तार भाको छ बिन्ति!”पूर्व पत्नि महोदय,समय बलवान् छ,त्यो सबैलाई थाहा छ,मलाई समयले जुन् पीडा दिएको छ,त्यो पीडा तपाईंलाई कहिल्यै नपरोस्!शारीरिक रुपमा मात्र अशक्त थिएँ म,हिजो आज तपाईँका ती बडो गजबका र बडो चोटिला शब्दहरुले मानसिक रुपमा पनि अशक्त पो हुँन्छु की भन्ने डर लागेर मेरो मानशिक सन्तुलन् गुम्न नपाउँदै केही लेख्न मन् लाग्यो!जुन् दिन् त्यो यमराजको ढोका भित्र पसेर तपाईंले म माथि दायर गर्नुभएको मुद्धाको बादी पत्र पढेँ!आर्थिक हिनामिनाको कुरा आउने बित्तिकै मैले आफूले आफैँलाई सम्हाल्न सकिनँ,र पढ्न पनि सकिनँ!मन् नलागी नलागी पनि आफ्नै जबर्जस्तीले त्यो कागजमा हस्ताक्षर धस्काएको छु!तपाईंभित्रको आत्माले त पक्कै झूठो नबोल्ला,एकचोटी आफ्नो आत्मालाई पनि सोध्नुस् है?”पूर्व पत्नी महोदय,तपाईंले म माथि लगाउनुभएको आर्थिक हिनामीनाको आरोपको जवाफ दिन मन लाग्यो!तपाईंले दुबई गएदेखी पठाउनुभएको रकमको विवरण तिथि मिति सहित म सँगै सुरक्षित छ,आबश्यक परेमा रसिद सहितको कागजात तपाईंलाई सुम्पिदिऊँला!मेरो लागि प्रत्येक महिना तपाईंले पठाउनुभएको महिनावारी खर्च,रु,दश हजारमा पनि आफ्नो खर्च कटौती गरेर बरु साहुकै ऋण घटाउनतीर लागेँ,ठूलै गल्ती गरेछु!तपाईंले दुबईमा पार्लर खोल्दा मैले जति ऋण काढेर पठाएको थिएँ,आज म जुन् हालतमा छु,र जे जे सजाय भोगीरहेको छु,त्यो पनि ठीकै गरेछु!२०६८ सालको ढुकुटी काण्डले तपाईंलाई दुबई पुर्‍यायो,यहाँको ऋणको जिम्मा मैले लिएँ,आज तिनै साहू हरुबाट भागी भागी हिँड्दैछु,त्यो पनि ठीकै गरेछु!आज यी सबै जिम्मेवारी मेरो काधमा सुम्पिएर तपाईं किनारा लाग्नुभयो,वाह म कति भाग्यमानी!”पूर्व पत्नि महोदय,यति सबै हुँदाहुँदै पनि मैले मिडियामा तपाईंको सम्मान् गरेर बोल्दा तपाईंलाई अपमान भएछ असैय भएछ!तपाईं पनि पिडीत नारी हो,पिडामा हुनुहुँन्छ!च्याऊ उम्रिए जस्तो मिडियाहरु उम्रिएका छन् समाचार नपाएर तपाईंको खोजीमा छन्!आफ्ना मन् भित्र उकूश मुकूश भएर बसेका ज्वार भाटाहरुलाई नहिच्किचाई पोख्नुहोला,तपाईंको अधिकारको मालिक तपाईं नै हो!तपाईंलाई कसैले रोकेको छैन र रोक्ने पनि छैन! र अर्को कुरा जुन् समयमा तपाईं मेरो साथमा हुनुहुँन्थ्यो,राती राती दोहोरी साँझमा काम गरेर आफ्नो परिवारलाई खुशी राख्न खोजेँ त्यो पनि मेरै लागि थियो!नेपालमा लोडसेडिँङ्को समयमा दुई घण्टा मात्र सुतेर बाईस घण्टा मैनवत्ति बनाउने र बेच्ने काम् गरेको थिएँ,त्यो पनि मेरै लागि थियो!बिहान ३ बजे ऊठेर ब्रोईलर कुखुरा भुत्याउँदै काट्दै मासु बेचेँ,त्यो पनि मेरै लागि थियो!किराना पसल,दुनोट कारखाना,साईबर,कम्यूनिकेशन, ईलेक्ट्रोनिक्स,मोटरपार्टस,र अन्तिम् ब्यापारको रुपमा पशुपतिमा क्याफे समेत् खोलेँ,त्यो पनि मेरै लागि थियो!मैले जे जति गरेँ,त्यो सबै मेरै लागि मात्र थियो!मेरो आफ्नो लागि यति गर्दा गर्दै तपाईंलाई कोही कसैकी श्रीमती भन्दा कमी बनाएर राखिनँ,त्यो पनि मेरै लागि त थियो!तपाईंको लागी त के नै पो गरेको थिएँ र मलाई माफ गर्ने ठाऊँ रहँन्थ्यो हैन त?त्यसैले त यति ठूलो सजाय मिल्यो मलाई,डिभोर्स!”पूर्व पत्नि महोदय,एउटा कुरा चाहीँ कहिल्यै नभूल्नुहोला,तपाईंलाई धन सम्पति मायाँ ममता आदी ईत्यादी केही पनि दिनँ सकिनँ,यो ध्रुव सत्य कुरा हो,जतिबेला तपाईंले दुबईमा पार्लर खोल्ने निर्णय गर्नुभयो,कोही कसैको कुरा नसुनीकन खोल्नु पनि भयो!बेभार बिग्रिँदै गईरहेका बखत् जब जब तपाईं हतोत्साहित हुन खोज्नुहुँन्थ्यो,मैले ऊर्जा थप्ने काम चाहीँ गरेको थिएँ!काम गर्दै जाने क्रममा जावो ऋण लाग्छ,तर दिन् नलागोस्!कता कता लाग्छ यसो भनेर मैले ठूलो गल्ती गरेछु,तपाईंलाई हतोत्साहित बनाईदिएको भए ऋणबाट त बच्थेँ म!अन्तमा:तपाईंबाट ठूलो गल्ती भएको छ,किन अंश नलिईकन मलाई छोडपत्र दिनुभयो?पछि पछुतो होला,कागजी रुपमा हाम्रो सम्बन्ध सकिए पनि म तपाईंलाई अंश दिन चाहँन्छु!मेरो भागमा भोजपुर जिल्लाको षडानन्द नगरपालिका ७ मा रुँम्टी खेत अंशमा परेको छ,जुन् खेतलाई बेच्दा अहिलेको समयकालमा तीन् लाख् रुपैयाँ आऊँछ,त्यो सबै तपाईंलाई राजिनामा पास गरेर दिनेछु!मुखले मात्र बोलेको होईन,ब्यबहारमा समेत उतारेर देखाउन चाहँन्छु,”महोदय!चाहिएको खण्डमा सिधा सम्पर्क गर्नुहोला!र मैले त ईष्टमित्रको साथ र वाह वाही सँग सँगै दुष्मनी समेत् कमाएको छु!म जस्तो पापीको आयू धेरै नलम्बियोस् मेरो मृत्यूको कामना गरीदिनुहोला,म जस्तो पृथिविको भारले यो दुनियाँको चर्तिकलाको रमिता हेरेर बस्नुको कुनै औचित्य छैन,यो संसार त तपाईँ जस्तो हुने खाने धनाढ्यहरुको बिर्ता हो!छोरी विप्लवि!म तिम्रो नालायक बाबा हूँ!त्यसैले त तिमीलाई अहिले मेरो आवश्यकता परेन!कुनै दिन् तिमीलाई मेरो आवश्यकता पर्‍यो भने तिम्रा लागी मेरो मनको ढोका सदैव खुल्ला रहने छ!ईच्छा लागेन भने तिमी अब मलाई भेट्न कहिल्यै नआउँदा पनि हुँन्छ!मलाई नसम्झिँदा पनि हुँन्छ!ममीलाई धेरै मायाँ गर्नु!धेरै पढेर ममीको सपना पूरा गर्नु है?तिमीलाई डाक्टर बनाउने ममीको ठूलो सपना छ,त्यो सपना पूरा गरीदिनु है?यो जुनीमा त बनावटी मायाँ देखाउन नजाँन्दा मैले यति ठूलो सजाय पाएको छु😭😭😭😭😭हे निष्ठूरी दैव😭😭😭😭😭अर्को जुनीमा मलाई फेरी पनि मानव कै रुपमा जन्म दियौ भने,यति कठोर हृदयको बनाईदेऊ कि😭😭😭😭😭सबै कुरा नाटकीय होस् 😭😭😭😭😭मनमा मायाँ थोप्पै नहोस्😭😭😭😭😭😭

उनको सम्बन्ध बिच्छेदको कुरा त छदै नै छ। अहिले सामाजिक संजालमा रवि लामिछानेको सम्बन्ध बिच्छेदका कुरा पनि मज्जाले फैलिएको छ। रवि लामिछानेकै गीत गाएर चर्चामा आएका उनले धक फुकाएर रवि लामिछानेको सपोर्ट गरेका छन्। उनले रवि लामिछानेलाई सपोर्ट गर्दै यसरि स्टेटस लेखेका छन् :

न त यि रवि सँग मेरो प्रत्यक्ष भेट नै भएको छ,न त कुनै संवाद नै!चर्चा नै कमाउने उदेश्य थियो भने हप्ताको एक चोटि News24 को कार्यालय पानीपोखरीमा गएर यिनी सँगै सेल्फी खिचेर आफ्नो फेसबुकमा अपलोड गर्नु मेरा लागि कुनै आईतवारको कुरा पनि थिएन!तर म सेल्फी खिचेर फेसबुकमा हालेर आफूलाई चर्चमा ल्याउने कुराको पछाडी कहिल्यै लागिनँ र अबका दिनमा पनि लाग्न नपरोस्! म रविलाई होईन रविको कामलाई सम्मान् गर्छु,उनको साहसलाई सम्मान् गर्छु, उनको हिम्मतलाई सम्मान् गर्छु,उनको जनता प्रतिको ईमान्दारिता वफादारिता र कुशल पत्रकारिताको सम्मान् गर्छु! विगतका दिनमा यि रविका पक्षमा बोल्दा,उनले गरेका कामलाई सम्मान् गर्दा, उनको बारेमा गीत गाउँदा,यो देशका भ्रष्टाचारीका मतियार,बलात्कारीका मतियार,कालो बजारीका मतियार,सुन् तस्करीका मतियार र केही देशद्रोही नालायकका मतियारहरुबाट मार्ने धम्की खाएको,तर आजका मिति सम्म ति मतियारका हातबाट नमारिएको अर्थात् अहिले सम्म जिवितै रहन सफल भएको म एक नेपाल आमाको नालायक कुपुत्र,भोली नेपालको समय ठीक ३:०० बजे मेरो आफ्नै फेसबुक मार्फत् रवि जि का बारेमा सानो कोशेली लिएर आउँदै छु! मलाई थाहा छ रवि जी की पूर्व पत्नी ईशा श्रेष्ठ जी का अरौटे भरौटे र केही पत्रकार भनौदा अनि रवि जी को कुशल पत्रकारिताको खेदो खन्नेहरुले मलाई फेरी धम्की दिने छन्! तर यही सानो स्ट्याटस मार्फत नेपाल आमाको काखमा बसेर नेपाली माटोको टीका आफ्नो शीरमा लगाएर बोलेको छु! मलाई जन्माउने मेरी आमा पनि नारी हुन्! मलाई छोडेर जाने मेरी श्रीमती पनि नारी हुन्! र रवि लाई छोडेर जाने ईशा पनि नारी हुन्! नारिलाई सम्मान् गर्ने एक जना ब्यक्तिमा म पनि पर्छु, सत्य बोल्दा मर्नुपरेछ भने पनि बरु मर्छु! तर एउटा रवि मात्रै होईन,यो देश र जनताका लागि भलो चाहने सपुतका लागि मेरो जीवन बलिदान दिन तयार छु!बाँकी कुरा समयले देखाउँछ,आजलाई मेरा दुई शब्द यहीँ टुङ्ग्याउने अनुमति चाहेँ! जय स्वाभिमान! जय देश!

पिएनपि मिडियासँगको अन्तर्वार्तामा उनले भने ,’मैले रवि जी लाई सधै सपोर्ट गर्छु। कसको चाही कालो कर्तुत हुन्न र ? बिगतको कुरा नकोट्टाएकै बेश। मैले उनका विरुद्दमा बोल्ने सावित्री सुबेधि, दिल निशानी मगर र मुकुन्द घिमिरे सबैलाई एकै दर्जामा राखेको छु।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू