रवि लामिछानेबारे ज्ञानेन्द्र शाहीले स्पष्टिकरण दिन जरुरी थिएन : रोशन जंग बस्नेत (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भ्रष्टचार विरुद्द अभियानमा लागेका ज्ञानेन्द्र शाहीले रवि लामिछानेबारे पत्रकार सम्मेलन नै गरेर स्पष्टिकरण दिन जरुरी नभएको उनको समर्थक तथा विश्व हिन्दु महासंघका केन्द्रका माहासचिव रोशन जंग बस्नेतले बताए। राज्यको हितमा आवाज उठाउने विशिष्ट व्यक्ति भईसकेको कारण शाहीले व्यक्तिगत झमेलामा पर्न आबश्यक नरहेको उनको भनाई छ। ज्ञानेन्द्रको खुट्टा तान्ने काम कहिँ न कतैबाट भईरहेको उनले जनाए।

त्यस्तै उनले पछिल्लो समय उत्कर्षमा पुगेको गुठी विधेयक विरुद्ध ४ गते देशभरका मठमन्दिरहरुमा विहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्र्तक्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभा गर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका महासचिव रोशन जंग बस्नेतले जनाएको छ । 

यसैगरी, १० गते गुठी विधेयकविरद्ध देशभर कडा आन्दोलन गर्ने समितिका महासचिव बस्नेतले जानकारी दिए । उनले विश्वकै एक हिन्दु राष्ट्र नेपालमाथि ठुलो प्रहार भएको भन्दै बस्नेतले दुख व्यक्त गरे। उनले  विधेयकविरद्धको जीत निश्चित भएको दावी गरे। 

बाँकी हेर्नुहोस भिडियोमा …

प्रतिक्रिया

सम्बन्धित समाचारहरू