रवि लामिछानेलाई प्रहरी हिरासतमै भेट्न पुगे काँग्रेस नेता बडु

शर्मिला गुरुङ

चितवन, ३२ साउन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले हिरासतमै पुगेर भेटका छन् । लामिछानेलाई भेट्न बडु चितवन जिल्ला प्रहरी कार्यालयमै पुगेका थिए ।

बडुसँगको भेटमा लामिछानेले प्रहरीलाई घटनाको छानविनमा सघाउन आफु तयार रहेको बताएको उनले जानकारी दिएका छन् । उनले घटनाको निश्पक्ष छानविन हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

गत बिहिबार पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि काठमाडौँबाट पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र रुकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको थियो।

प्रतिक्रिया