रवि लामिछाने पक्राउ परेपछि धुर्मुस-सुन्तलीले लेखे यस्तो स्ट्याटस

मनिषा थापा

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेसँगै कलाकारहरु देखि आमजनताले निष्पक्षरुपमा छानविन हुनुपर्ने भन्दै आ-आफ्नो धारणा सामाजिक संजालमार्फत राखिरहेका छन्।

यसैबीच कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले पनि पुडासैनी आत्महत्या प्रकरण आफ्नो प्रतिक्रिया फेसबुकमार्फत सार्वजनिक गरेका छन्। कलाकार सिताराम कट्टेलले लेखेका छन् – ‘’अनुसन्धानका लागि प्रहरीले रवि लामिछाने दाइलाई हिरासतमा लिएको छ । यसले सत्यतथ्य छानबीन गर्न थप मद्दत गर्ने छ’, कट्टेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी आशा गर्छौं, यसको निष्पक्ष छानबिन होस । निर्दोषहरू नपरून् दोषीहरू नछुटुन् । सत्यको जित होस । शुभ दिन !’’

त्यस्तै कलाकार कुन्जानाले लेखेकी छिन् – ‘’अनुसन्धानको लागि रबि दाइलाई प्रहरीले हिरासतमा लिएको छ आसा छ सत्य तथ्य पत्ता लाग्न थप मद्दत पुग्नेछ ।’’

रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले बिहीबार पक्राउपुर्जी सहित पक्राउ गरेको थियो । लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया