रवी लामिछाने, मेयर चौधरी र गगन थापाबारे एकसाथ बोले रमेश प्रसाई र ज्ञानेन्द्र शाही (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : साइबर क्राइम अभियोगमा सुर्खेतबाट पक्राउ पर्ने क्रममा घाइते भएका अभियन्ता ज्ञानेन्द्र शाहीलाई भेट्न रमेश प्रसाई काठमाडौँ आएका छन्। प्रसाईले ज्ञानेन्द्रको इमान्दारिता र निर्बाद व्यक्तित्वले उनलाई तानेर काठमाडौँसम्म ल्याएको बताएका छन्।

भेटघाटका क्रममा सर्बोच्चले रिहाई गरेपछि आफ्नो मोबाइल प्रहरीले नदिनु गैरकानुनी रहेको ज्ञानेन्द्रले खुलासा गरेका छन्। भ्रष्टचारलाई निर्मुल पार्नका लागि अभियान चलाउदा प्रहरीको दमन सहनु गणतन्त्रमा गलत रहेको प्रसाईले बताएका छन्। साथै शाही माथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग पनि गरेका छन्।

भेटघाटका क्रममा प्रसाईले जब सम्म राजनीतिकका पात्रहरु सुध्रिदैन तब सम्म देशको विकास हुदैन। त्यसैले देशमा ज्ञानेन्द्र शाही जस्तो युवा नेताको खाँचो रहेको भन्दै राजनीतिमा प्रवेश गर्न शाहीलाई आग्रह गरेका छन्।

प्रसाई भन्छन ‘तत्काल देशमा रोजगारको सिर्जना गर्ने अवस्था नभएका कारण सबै नेपाली स्वदेश फर्किदा नेपालमा अनिकाल सिर्जना हुन्छ। सरकारले जनताले चाहे अनुरुप काम गरेमा हामी आफ्नो काममा व्यस्त हुन्थे। हामी सरकारको प्रशंसा गर्न चाहन्छौ। बिरोध गर्ने हाम्रो चाहना होइन। ‘

सरकारले पंचायत देखि भएको भ्रष्टचारीलाई कारबाही गर्न सक्नुपर्छ, स्वास्थ्य, शिक्षा नि: शुल्क हुनुपर्छ र विदेशमा रहेका युवालाई देशमै रोजगारको सिर्जना गर्न सक्नुपर्छ। यदि यी ४ माग पुरा भएमा आफु यसरी बिरोधमा नउत्रिने शाहीले बताए।

हामीले तिरेको १०० रुपैया करबाट देशमा १० रुपैया मात्र विकास कार्यमा खर्च हुन्छ। बाँकि ९० रुपैया नेता र सरकारी कर्मचारीको तलब, भत्ता र गाडीमा खर्च भएको देखिन्छ। अब पनि हामि चुप बस्यौ भने देश भ्रष्ट नेता र कर्मचारीले भरिन्छ। भन्दै नेपाली युवा सबै जगरूप हुन् दुबैले आग्रह गरेका छन्।

हाम्रो देशमा एक पटक कोदालो नसमातेको मान्छे कृषि मन्त्रि बनेका छन्। ५ कक्षा नपढेको शिक्षा मन्त्रि बनेका छन्। अनि कसरी हुन्छ देश विकास ? जोड घटाउ गर्यो भने नेपालका सबै नेता भ्रस्टचारमा मिसिन्छन त्यसैले पनि होला नेपालका युवा नेता मानिने गगन थापा पनिं भ्रस्टचार बिरुद्ध बोल्न छाडेका छन्। भन्दै भ्रस्टचार बिरुद्ध एकरुपता भएर अघि बढ्ने बताएका छन्।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू