रहस्यमयी पहाड : जहाँ डिजेल/पेट्रोल विना नै गाडी चल्ने गर्छ

शर्मिला गुरुङ

काठमाडौं, के तपाईले बिना डिजेल/पेट्रोल गाडी गुडेको देख्नु भएको छ ? छैन नि ? तर भारतमा यस्तो एउटा पहाड छ, जहाँ गाडी तेलले हैन आफै चल्ने गर्छ। 

यो पहाडको आसपासमा यदि कसैले राति आफ्नो गाडी लगेर छोड्यो भने बिहान सम्म उसले आफ्नो गाडी त्यहाँ फेला पार्न सक्दैन। आखिर यस्तो किन हुन्छ भन्ने कुरा अहिले सम्म रहस्यमय नै छ । यो रहस्यमयी पहाड भारतको लद्दाखको लह क्षेत्रमा अवस्थित छ। यस पहाड कुनै जादु भन्दा कम छैन।

वैज्ञनिकहरू यो पहाडमा चुम्बकीय शक्ति रहेको विश्वास गर्छन्, जुन प्रति घण्टा २० किलोमिटरको गतिमा गाडीलाई पनि आफु तिर केन्द्रित गर्छ । त्यसैले यसलाई चुम्बकीय पहाड भनिएको हो । यो चुम्बकीय पहाडलाई ‘गुरुत्वाकर्षण’ पहाडको नामले पनि चिनिन्छ। यो पहाडबाट गुरुत्वाकर्षणको नियम पनि विफल हुने मानिन्छ ।

गुरुत्वाकर्षणको नियम अनुसार यदि हामीले माथि कुनै वस्तु छोड्छौ भने तलतिर खस्छ, तर यो चुम्बकीय पहाडमा भने यस्तो हुँदैन । यस पहाडमा हामीले कुनै कारलाई यदि गियर लगाएर छोडीदियौँ भने कार ओरालो तर्फ नगई सिधा उकालो तर्फ जान्छ । यहाँ कुनै तरल पदार्थलाई पनि बगाउदा तल तिर नबगी माथि तिर बग्ने गर्छ।

वैज्ञानिकहरूको मान्यता अनुसार गुरुद्वार साहिब नजिकै रहेको यस पहाडमा धेरै चुम्बकीय शक्ति छ। यस पहाडको चुम्बकीय शक्तिले आकाशमा उडेको जाहज पनि बच्न पाउदैन। 

यस पहाडको माथि उडान भर्दा जहाजमा धेरै झड्का हान्ने गरेको पाइलटहरुको दाबि छ। जहाजलाई पहाडको चुम्बकीय शक्तिबाट बचाउन जहाजको गति बढाउनु पर्छ।  

यद्यपि केहि मान्छेहरु यस पहाडको वरिपरी क्षेत्रीय संरचनाले ‘दृष्टि भ्रम’ जस्तै वातावरण बनाउनेमा विश्वास गर्छन। जसले तल तिर गुडिरहेको वस्तु माथि तिर चढेको जस्तो देखिन्छ।

प्रतिक्रिया