राखेपको आयोजनामा डण्डीबियो प्रतियोगिता शुरु

रिता घिसिंग

काठमाडौँ, २९ फागुन (रासस) : राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता रहेको राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिनुभयो । नेपाल डण्डीबियो सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिताको विजेताले रु २० हजार, उपविजेताले रु १५ हजार तथा तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया