‘राजतन्त्र जिन्दावाद’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको एयरपोर्टमा स्वागत

मनिषा थापा

पिएनपिखबर : एक महिना अघि थाइल्याण्ड भ्रमण सकेर पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन्। साउन २४ गते सपरिवार थाइल्याण्ड गएका उनी स्वदेश आइपुगेलगत्तै तराई भ्रमणमा जाने तयारी रहेको छ ।

उनको एयरपोर्टमा भव्य स्वागत गरियो। पूर्वराजालाई स्वागत गर्न पर्खिएर बसेका समर्थकहरुले राजालाई देख्न साथ् ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजतन्त्र जिन्दावाद’ भन्दै नारा लगाई स्वागत गरे। उनीहरुले गणतन्त्रले जनताको हितमा गर्न नसकेको गुनासो पोखे।

पत्नि श्रीमती कोमल, छोरा बुहारी हिमानी, नाति, नातिनीलगायत परिवारका सदस्यसहित पूर्व राजा थाइल्याण्ड गएका थिए । उनी आफ्नो परिवार सहित् स्वदेश फर्उकिएका हुन् अब केही दिनमै तराई भ्रमणमा जाने तयारीमा रहेको जानकारी छ।

बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू