राजतन्त्र देशमा अत्यन्तै आवश्यक, गोठालाे बनेका केपी ओलीले ब्रेक फेल गाडि हाकिरहेका छन : शेखरजङ्ग रायमाझी

मनिषा थापा

पिएनपिखबर : राष्ट्रवादी शेखरजंग रायमाझिले गोठालाे बनेका प्रधानमन्त्री केपि ओलीले ब्रेक फेल भएकाे गाडि हाकिरहेको बताएका छन्। वर्तमान प्रधानमन्त्रीको बोलीको कुनै ठेगान नभएको उनले टिप्पणी गरेका छन्।

मुुलुकमा गणतन्त्र आएसंगै नेताहरु दुराचारी भएको, जनताको सुख सुविधा नभई व्यक्तिगत स्वार्थपूर्तीमा मात्र लागेको भन्दै गणतान्त्रिक व्यवस्थाप्रति नै बितृष्णा जागेको उनको भनाई छ।

रायमाझीले देशको अवस्था बारे टिप्पणी गर्दै भने, ‘देशमा घृणा फैलाउने गणतन्त्रको मुख्य काम देखियो। घृणा भएको देश कसरी विकासतर्फ जानसक्छ ? देशमा सबैको विखण्डनको स्वर छ। कसैको के माग छ कसैको के, देश अस्थिर छ। देशमा कलह मात्र भईरहेको छ ।’

जनतालाई वायशक्तिको भ्रममा पारेर आज सत्तामा पुगेका नेताहरुले देशलाई सङ्कटमा पारेको उनको गुनासो छ। बैदेशिक हस्तक्षेपका कारण मुलुकको सार्वभौमसत्ता र अखण्डतामै आँच पुग्ने स्थिति आएपछि राजनीतिक व्यवस्था विग्रिएको उनको अभिव्यक्ति छ। उनले राजालाई हटाउन २० वर्ष देखि नै ग्रयाण्ड डिजाइन रहेको आरोप लगाएका छन्। आफुले राजालाई भेट्दा आफु जनताले चाहेमा मात्र पुन आउने बताएको उनले उल्लेख गरे।

संबिधानलाई पनि नमानेका शेखरजङ्ग रायमाझी भने, ”राजालाई निषेध गरेको संविधान हामी मान्दैनौ।” अहिले बिभिन्न राजनीतिक शक्तिहरु राजसंस्थालाई फर्काउन लागि परेको र ठाउँ-ठाउँबाट कार्यक्रम कहिले गर्ने भन्दै कल आउने बताए। उनले राजतन्त्र र राजा गद्दीमा आउनुपर्ने जनाए। राजसंस्था नरहनेमा देश नै नरहने रायमाझीको बिश्लेषण छ । राजतन्त्र फर्काउन लागि परेका उनले राजाले हाँसी-हाँसी राजगद्दी त्यागेको बताए।

उनेले सत्तामा आउनु अघि सबैले जनतालाई झुठो आश्वासन दिएर सत्तामा जाने अनि आफ्नो मात्र पेट पाल्ने काम सत्तामा बस्नेहरुको  भएको उनको टिप्पणी छ। उनले भने, ”२० वर्ष अघि मेलम्ची ल्याउछ भने तर आजसम्म पनि आएन। मेलम्ची दन्ते कथा भयो। सत्तामा पुगेकाले पानी जहाज, रेल, घरघरमा पाइप ल्याउने कूरा गर्छन तर जनता यहाँ सिटामल खान नपाएर जनता मरिरहेका छन्। युवाहरु रोजगारको लागि खाडीमा पुगेका छन्।”

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू