राजनीतिक पूर्वाग्रह त्यागेर बाढी-पहिरो पिडित जनताको उद्धारमा जुट्न देउवाको निर्देशन

मनिषा थापा

भक्तपुर : नेपाली काँग्रेसले बाढी-पहिरो र डुबान क्षेत्रका जनताको उद्धारमा जुट्न निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै प्राकृतिक विपदमा परेका जनताको सेवामा लाग्न सबै सदस्यहरुलाई निर्देशन दिएका हुन् ।

देउवाद्धारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह, पूर्वाग्रह भन्दामाथि उठेर पीडामा परेका दिदीबहिनी-दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’

राजनीतिक पूर्वाग्रह त्यागेर बाढी-पहिरो पिडित जनताको उद्धारमा जुट्न आफ्नो सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिनुको साथै सरकारले गरिरहेको उद्धार तथा राहत कार्यलाई अनुगमन पनि गर्ने जनाएको छ ।

प्रतिक्रिया