राजपाका दुई केन्द्रीय नेता जेल चलान

admin

सप्तरी, ६ जेठ : राष्ट्रिय जनता पार्टीका २ जना केन्द्रीय सदस्यलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका २ नेतालाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको राजपा स्रोतले पुष्टि गरेको छ। सोमबार भएको मुद्दा सुनुवाइका क्रममा राजपा केन्द्रीय सदस्य बिपी यादव र हरि मण्डललाई कारागार पठाउने आदेश दिएको हो।

वैशाख ५ गते पक्राउ परेका छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन्। उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए। राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन्।

यसैगरी, सोही आरोपमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र रापाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ। यादव र मण्डलसहितको संलग्नतामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको आरोपमा प्रहरीले सबैलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

प्रतिक्रिया