राजसंस्था पुनर्स्थापना नै नेपाललाई सिरिया बन्नबाट बचाउने एकमात्र विकल्प : अभियन्ता देउजा

रिता घिसिंग

काठमाडौँ, साउन ५ : राजसंस्था पुनर्स्थापना नै नेपाललाई सोमालिया र सिरिया बन्नबाट बचाउने एकमात्र विकल्प भएको वीर गोर्खाली अभियानका प्रमुख अभियन्ता नगेन्द्र देउजाले बताएका छन। भगवान् गौतम बुद्ध को मुर्ति तोडफोड गर्नेलाई तत्काल कार्वाहीको माग गर्दै वीर गोर्खाली अभियानले राजधानीमा आयोजना गरेको एक दवाबमुलक कार्यक्रममा बोल्दै अभियन्ता देउजाले वर्तमान नेकपाको दुई तिहाइको सरकारले एक पछि अर्को जनभावना विपरित कार्य गर्दै जाँदा नेपाली जनतालाई बचाउन पुर्वराजा ज्ञानेन्द्र शाह गद्धीमा बस्नुको विकल्प नभएको बताएका हुन्।

बुद्दको जन्मभुमि मै बुद्धको अपमान गरि मुर्ति तोडफोड भएको प्रती सर्बत्र निन्दा भैरहेको बेलामा मुर्ति तोडफोड हुँदा समेत सरकारको प्रवक्ता गोकुल बास्कोटाले एउटा मुर्ति तोडिदैमा केहि हुदैन भन्ने अभिव्यक्ति दिनु लज्जास्पद भएको बताउदै उनले सम्पूर्ण ओमकार परिवार एकसाथ सनातन धर्म रक्षा गर्न र हिन्दु अधिराज्य नेपाल कायम गर्न एक भएर लाग्नुपर्नेमा जोड दिए। उनले थपे, ‘तत्कालिन माओवादी जसरि हिंसाको बाटो रोज्यो त्यस्तो बाटो अब कदापि रोज्नुहुन्न र सडक संघर्षबाट मात्र हिन्दु अधिराज्य र राजसंस्था पुनर्स्थापना गर्न सकिने हुँदा नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले यदि साच्चिकै राष्ट्रवादी एजेन्डा बोकेको हो भने वीर गोर्खाली अभियानलाई साथ दिनुपर्छ।’

अभियन्ता देउजाले भगवान् गौतम बुद्धको मुर्ति तोडफोड हुँदा हिन्दुवादी र राजावादी राजनीतिक दल मौन बस्नु दुर्भाग्यपूर्ण रहेको बताए । नेपालको सामाजिक ,सास्कृतिक तथा धार्मिक क्षेत्रमा बारम्बार आक्रमण गर्ने जोसुकै भएपनी तत्काल छानबिन गरि कानुनी कार्वाहीको गर्नुपर्ने भन्दै उनले सरकारसँग माग राखेका छन।

रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागको डिभाइडरमा शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्ति तोडफोड भएको हो । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागको डिभाइडरमा वैशाख १ गतेदेखि बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने अभियान शुरु गरेको थियो।

हालसम्म जोगिकुटीदेखि मङ्गलापुरसम्मको क्षेत्रमा २० वटा मूर्ति स्थापना गरिसकेको छ । जसमध्ये केही मूर्ति बुधबार राति तोडफोड गरिएको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको छ ।



प्रतिक्रिया