राजालाई पुर्व राजा भन्ने भए प्रचण्डलाई पनि पूर्वआतंककारी भन्न सकिन्छ : हरि बजगाईं

मनिषा थापा

पिएनपिखबर भक्तपुर : आजभोलि पुर्व राजारानीको तस्बिर अङ्कित टिशर्ट लगाएर हिड्ने गरेका राजावादी हरि बजगाईंले राजासंस्था कागजबाट हटाउँदैमा राजा नहट्ने बताएका छन्। सिमित व्यक्तिहरुले विदेशीको इशारामा राजालाई थोरै ठाउँ दिएर अलि पर मात्रै  राखेको उनले उल्लेख गरे।

बीरगोर्खालीका अभियान्तासम्म रहेका उनले राजालाई पूर्व राजा भन्न नमिल्ने बताउँदै भने, ‘राजा पुर्व राजा भए त नेकपाका अध्यक्ष प्रचण्डलाई पनि पूर्व आतंककारी भन्न पर्ने हो तर किन भनिदैन। राजा कहिल्यै पनि पुर्व हुन् सक्दैनन्।’

पिएनपिखबरडटकमसँगको कुराकानीमा उनले लुटेराहरु सरकारमा पुगेको आरोप लगाए। ‘जो लुट्न जान्दछन, जो ठग्न जान्दछन उनीहरुले नै देश चलाएको र चप्पल लाउन नसक्ने व्यक्तिहरु आज देशको बाघडोर समालेर बसेका छन’ ,उनले भने।

राजाको पालामा समेत् स्वतन्त्र रुपमा हिड्न सकेका नेपाली नागरिकहरु आज घरबाट निस्केपछि घर फर्किने-नफर्किने ठेगान नरहेको बजगाईले उल्लेख गरे।

उनले भने, “१७ हजार नेपाली जनता मार्ने व्यक्ति आज देशको प्रधानमन्त्री भएका छन् भने देश कसरी विकास हुन्सक्छ । आजको दिनमा देशका आम नागरिकले राजतन्त्र आवश्यक भएको महसु गरेको छन।’ अब सम्पूर्ण जनताले राजालाई साथ र सहयोग दिनुपर्नेमा उनले जोड दिए।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू