राजेश पायल राईको आवाजमा सुपरहिट गीत “मेरो साथ” सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २९ असार : नेपाली गीत संगीतमा निकै रुचाइएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। “मेरो साथ” बोलको गीतको भिडियो हालसालै मात्र युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

दोस्तिहाङ्ग राईको शब्द, डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको गीतमा प्रेमिकाले मायामा घात गर्दाको पिडालाई समेटिएको छ । 

दिपक गिरीको छायाँकन, अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री ‘प्रिन्स’को निर्देशन रहेको “मेरो साथ” को भिडियोमा लक्ष्मी तामाङ र सजन गुरुङको अभिनय रहेको छ । 

हेर्नुहोस गीतको भिडियो :

प्रतिक्रिया