राजेश पायल राई र सुनिता थेगिमको सुमधुर आवाजमा ‘सोल्टिनी ज्यू सेवारो’[भिडियो सहित]

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : चर्चित गायक, गीतकार तथा संगीतकार आसुतोष राईको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । थुप्रै गीतहरुमा आफ्नो शब्द, स्वर र संगीत भरिसकेका राईको संगीतमा ‘सोल्टिनी ज्यू सेवारो’ बोलको गीत हालसालै मात्र सार्वजनिक गरिएको हो।

पूर्वेली भाकाको निकै नै मिठो गीत आसुतोष राईकै अफिसियल युटूब च्यानल “आसुतोष राई” मार्फत सार्वजनिक गरिएको छ।

विष्णु पोल्वाङछा चाम्लिङ राईको शब्द रहेको ‘सोल्टिनी ज्यू सेवारो’मा “राई इज किङ्ग”को उपाधी पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको सुमधुर आवाज सुन्न सकिन्छ ।

यस गीतमा अहिलेका चर्चित गायक तथा संगीतकार दिनेश न्यौपानेको एरेञ्ज रहेको छ भने अनीत कटवालले सम्पादन गरेका छन। भिडियोलाई आसुतोष राईले निर्माण गरेका हुन् ।

पूर्वेली भाकामा तयार भएको ‘सोल्टिनी ज्यू सेवारो’ हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया