राज्यको गुण्डागर्दी अब चल्दैन : डा. सुरेन्द्र भण्डारी

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्तामाथि चितवनमा हमला भएपछि अभियन्ताहरुले जनताको स्वतन्त्र बोल्न पाउने हकमाथि दमन भएको आरोप लगाएका छन्।

‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता तथा अधिवक्ता सुरेन्द्र भण्डारीले ३ दिन देखि लगातार मिटिङ बसेर ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई मार्न चितवनको मेयर रेणु दाहालले योजना बनाएको आरोप लगाएका छन्। 

उनले प्रचण्ड पुष्प कमल दाहाल, प्रचण्ड पुत्री रेणु दाहाल, चितवनका एसपी दान बहादुर मल्ल र पर्यटन मन्त्री योगेश भट्टराईलाई गुण्डागर्दीको नाइके भनेर सम्बोधन गरेका छन्। उनीहरुकै संलग्नता चितवनमा शाही माथि आक्रमण भएको भण्डारीको आरोप छ।

शाहीले पर्यटन मन्त्रीको विरोध गरे पछि उनीमाथि धेरै हमला भईरहेको र चितवनमा हमला गर्ने पनि पर्यटन मन्त्रीकै गुण्डा रहेको डा. भण्डारीको आरोप छ। उनले हमला गर्ने समुहलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री केपी ओली सँग माग गरेका छन्। उनले अब राज्यको गुण्डागर्दी चल्न नदिने बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू