रानीपोखरी कर्नर विजयी

admin

काठमाडौँ, १० फागुन : शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

आरसीटीको जितमा नवराज गुरुङले गोल गरे । आरसीटीका नवराजले खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक सावित भयो । जीतसँगै आरसीटीले ७ अंक जोडेको छ भने पराजित झम्सिखेलको आठ अंक छ ।
-रासस

प्रतिक्रिया