राशिअनुसार तपाईको बिहे गर्ने उत्तम उमेर कति ?

मनिषा थापा

एजेन्सी : घर-परिवार साथै सामाजिक परम्परा अनुसार विवाहको उमेर निर्धारण हुने गर्छ। साथै देश अनुसार विवाहको उमेर फरक-फरक हुने गर्छ। नेपाली परिवारमा भने प्राय २० देखि २५ को बिचमा प्रायको विवाह हुने गर्छ। भने केहीको भने २५ देखि ३० सम्ममा विवाह हुने गरेको छ।

पहिला-पहिला नेपालमा पनि बाल विवाह हुने गरेको भएता पनि अब भने बल विवाहमा कमि आइसकेको छ।अहिले विवाह गर्ने मात्र नभई जीवनसाथी छान्ने दृष्टिकोणमा समेत धेरै परिवर्तन आइसकेको छ। ज्योतिष शास्त्र अनुसार कुन राशिले कुन उमेरमा विवाह गर्न उचित हुन्छ भन्ने विषयमा यस लेख मार्फत जानकारी दिनेछौं।

मेष राशि– यस राशि हुनेहरुले २६ वर्ष भन्दा अगाडी विवाह नगरेकै उचित मानिन्छ। हरेक निर्णय गर्दा हतार गर्ने भएको हुँदा मेष राशि हुनेहरुले धैर्य गरेकै उचित हुने गर्छ।

वृष राशि – यस राशि हुनेहरुले आफ्नो मनले चाहेको व्यक्ति भेट्न धेरै समय लगाउने गर्छन्। आफ्नो छुट्टै चाहने भएको कारण यस राशि हुनेहरुले ३० वर्षको उमेरमा विवाह गरेको राम्रो हुन्छ।

मिथुन राशि-प्राय यस राशि हुनेहरु विवाहको मामलामा अपरिपक्व मानसिकता भएको कारण ढिला विवाह गर्दा उचित रहने गर्छ। अझ भन्ने हो भने प्रेम सम्बन्धमा पनि २० वर्ष भन्दा अगाडी नपरेकै राम्रो हुन्छ। कर्कट राशि-यस राशि हुनेहरु आफ्नो २० वर्ष उमेर भन्दा पनि अगाडी गम्भीर प्रेम सम्बन्धमा रहने गर्छन्। तर प्रेमलाई विवाहमा परिणत गर्न भने ३० वर्ष भन्दा अगाडी खासै उचित हुने गर्दैन।

सिंह राशि– यस राशिका मानिसहरु प्राय उग्र स्वभावका हुने गर्छन् भने परिपक्कता भएता पनि छिटै विवाह गर्नु यस राशि भएका व्यक्तिहरुलाई शुभ मानिने गर्दैन। सिंह राशि हुनेहरुले ३० देखि ३५को बिचमा विवाह गरेको उचित हुने गर्छ।

कन्या राशि – यस राशि हुने व्यक्तिहरुमा परिपक्कता छिटै आउने हुन्छ भने आफ्नो सम्बन्ध प्रति धेरैनै समझदार हुने हुँदा कन्या राशि हुनेहरुले २० देखि २५ सम्म विवाह गर्न राम्रो हुन्छ। अझ २५ देखि ३० पनि राम्रै रहने हुन्छ।

तुला राशि-यस राशि हुनेहरु पनि धैर्यवान हुनुका साथै शान्त स्वभावका रहने गर्छन्। यस कारण यस राशि भएका व्यक्तिहरुले २० देखि ३० सम्ममा विवाह गर्दा हुन्छ। वृश्चिक राशि-यस राशि हुनेहरु रुष्ट व्यवहारका हुने गर्छन्। साथै हरेक काम हतारमा गर्न चाहने गर्छन्। यस राशि हुनेहरुले विवाह छिटै गरे दुख पाउँछन्। त्यस कारण यस राशि हुनेहरुले विवाह ३० वर्ष पछाडी गरेको राम्रो हुन्छ।

धनु राशि – यस राशि हुनेहरुले खर्च धेरै गर्ने गर्छन् भने जीवनको महत्व ढिला मात्र बुझ्ने बानि राजेको हुन्छ त्यस कार यस राशि हुनेहरुले ३५ वर्ष पछि विवाह गरेको राम्रो हुन्छ। मकर राशि-यस राशि हुनेहरुले सम्बन्धलाई धेरै गम्भीर रुपमा लिने गर्छन् भने हरेक सम्बन्धको महत्व समेत बुझ्न सक्ने क्षमता रहेको हुन्छ। त्यस कारण २०, ३०, ४०, ५० जुनै पनि उमेरमा विवाह गर्न उचित हुन्छ।

कुम्भ राशि – कुनै पनि सम्बन्धको महत्व ढिला बुझ्ने हुँदा कुम्भ राशि हुनेहरुले कि छिटै विवाह गरेको राम्रो हुन्छ कि त धेरै ढिला। छिट्टै विवाह गर्नेले २५ वर्ष अगाडी विवाह गर्नु राम्रो हुन्छ भने ढिलामा ३५ वर्ष पछि मात्रै गरेको राम्रो।

मीन राशि – यस राशि हुनेहरु हरेक कार्य गर्दा योजना अनुसार गर्ने गर्छन् भने आफ्नो योजना सफल बनाउनको लागि धेरै मिहिनेत समेत गर्ने गर्छन्। त्यस कारण यस राशि भएका हरुले २० देखि ३० सम्म जहिले गरे पनि राम्रो हुने गर्छ। अझ २६ वर्षको उमेरमा विवाह गर्ने हो भने राम्रो हुन्छ।

प्रतिक्रिया