राशिअनुसार यस्तो हुन्छ प्रेम सम्बन्ध

मनिषा थापा

राशिको स्वभावका आधारमा हाम्रो सम्बन्ध, मित्रता, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ। आफ्नो नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध कुन स्त्री या पुरुषसँग कस्तो रहन्छ।

१. मेष राशि
जुन मान्छेको राशि मेष हो उसको लागि मेष, सिंह या धनु राशि हुने हरु सबैभन्दा राम्रो हुनेछन्। यिनीहरूको प्रेम सम्बन्ध उत्तम रहन्छ। मेष राशी हुने मानिसको लागि कुम्भ, तुला या मिथुन राशि हुने साथी सामान्य रहन्छन्। यीनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ। वृष, कन्या या मकर राशि हुने मानिसकासँग मेष राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मेष राशि हुने मानिसको लागि वृश्चिक, मीन या कर्कट राशिका साथी उत्तम मानिँदैन। यीनीहरुका बीचको प्रेम सम्बन्ध सफलहुने सम्भावना एकदम कम हुन्छ।

२. वृष राशि
वृष राशी हुने मानिसको लागि वृष, कन्या या मकर राशिका साथी श्रेष्ठ हुन्छ। यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ। यदी कुनै व्यक्तिको राशि वृष हो र उ कर्कट, वृश्चिक या मीन राशिका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ। जो मानिसको राशी वृष हो उनको लागि मेष, सिंह, या धनु राशीका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ। वृष राशीका लागि मिथुन, तुला या कुम्भ राशी हुनेहरूका साथ जोडी राम्रो मानिदैन।

३. मिथुन राशि
मिथुन राशिका मानिसका लागि मिथुन,तुला या कुम्भ राशीका साथी सबैभन्दा राम्रो हुनेछन्। यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ। यदी कुनै व्यक्तिको राशी मिथुन हो र उ मेष, धनु या सिंह राशीका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ। जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ। मिथुन राशीका लागि वृष, कन्या या मकर राशीसँग जोडी राम्रो मानिदैन।

४. धनु राशि
धनु राशी हुने मानिसको लागि मेष, सिंह या धनु राशीका साथी उत्तम मानिन्छ। यिनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशी धनु हो र उ मिथुन, तुला या कुम्भ राशीका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशी धनु हो उसको लागि वृष, कन्या या मकर राशीको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ। धनु राशीका लागि कर्कट, वृश्चिक या मीन राशी हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन।

५. कर्कट राशि
जुन मानिसको राशि कर्कट हो उनको लागि कर्कट, वृश्चिक या मीन राशीको साथी उत्तम हुन्छन्। यिनीहरुको प्रेम सम्बन्ध उत्तम मानिन्छ। कर्कट राशीका मानिसका लागि वृष, कन्या या मकर राशीका साथी सामान्य हुन्छन्। यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ। मिथुन, तुला या कुम्भ राशीका मानिससँग कर्कट राशीको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ। कर्कट राशीका मानिसका लागि मेष, सिंह या धनु राशी हुनेहरु त्यति राम्रो मानिदैनन्। यिनीहरुको प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ।

६. सिंह राशि
सिंह राशीका मानिसका लागि मेष, सिंह या धनु राशीका साथी उत्तम हुन्छ। यिनका बीचको प्रेम सम्बन्ध सफल हुन्छ । यदि कुनै व्यक्तिको राशी सिंह हो र उ मिथुन,तुला या कुम्भ राशीका साथीसँग मित्रता राख्न चाहन्छ भने यो जोडी सामान्य रहने छ। जनु मानिसको राशी सिंह हो, उसको लागि वृष, कन्या या मकर राशी के व्यक्तिका साथ प्रेम सम्बन्ध हुने सम्भावना ५०–५० हुन्छ। सिंह राशीका लागि कर्कट, वृश्चिक या मीन राशीसंगको जोडी त्यती राम्रो हुँदैन।

७. कन्या राशि
जुन मानिसको राशी कन्या हो त्यो मानिसका लागि वृष, कन्या या मकर राशीका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । कन्या राशीका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशीका साथी सामान्य मानिन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मेष, सिंह र धनु राशीका मानिसका साथ कन्या राशीका प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । कर्कट राशीका मानिसका लागि मिथुन, तुला या कुम्भ राशीकासँगको मित्रता त्यति राम्रो मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ।

८. तुला राशि
तुला राशीका मानिसका लागि मिथुन तुला या कुम्भ राशीका साथी सबैभन्दा उत्तम मानिन्छ्न्। यिनीहरूको प्रेम सम्बन्ध उत्तम हुन्छ । यदी कुनै व्यक्तिका राशी तुला हो र उ मेष, सिंह या धनु राशीका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशी तुला हो उनको लागि कर्कट, वृश्चिक या मीन राशीका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ। तुला राशीका लागि वृष, कन्या या मकर राशीका साथ जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन।

९. वृश्चिक राशि
जुन मानिसको राशी वृश्चिक हो ति मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम मानिन्छन् । यिनको प्रेम सम्बन्ध सफल रहन्छ । वृश्चिक राशीका मानिसका लागि वृष, कन्या या मकर राशीका साथी सामान्य रहन्छ । यिनको प्रेमसम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला या कुम्भ राशिका मानिसका साथ कन्या राशिका प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ। वृश्चिक राशीका मानिसका लागि मेष, सिंह या धनु राशिसँगको मित्रता राम्रो हुँदैन। यिनीहरूको प्रेम सम्बन्धको सफलता पनि कमै संभावना हुृन्छ।

१०. मकर राशि
जुन मानिसको राशि मकर हो ती मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सबैभन्दा राम्रो मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । मकर राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य रहन्छन्। यिनीहरुको प्रेम सम्बन्ध आपसी तालमेलमा निर्भर रहन्छ । मेष, सिंह या धनु राशिका मानिसका साथ सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मकर राशिका मानिसक लागि मिथुन, तुला या कुम्भ राशी सँगकोे सम्बन्ध राम्रो मानिदैन । प्रेम सम्बन्धको सफलता पनि एकदमै कम हुन्छ।

११. कुंभ राशि
कुम्भ राशि भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशीका साथी उत्तम मानिन्छन । यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो हुन्छ । यदी कुनै व्यक्तिको राशि कुम्भ हो भने मेष, सिंह या धनु राशिका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशि कुम्भ हो उनको लागि कर्कट वृश्चिक या मीन राशिका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । कुम्भ राशीका लागि वृष, कन्या या मकर राशी हुनेहरुको सम्बन्ध राम्रो मानिएको छैन।

१२. मीन राशि
जुन मानिसको राशी मीन हो उसको लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम हुन्छन्। यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । मीन राशिका मानीसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छ । यिनीहरुको प्रेम प्रसंग आपसी तालमेलमा अधिक निर्भर रहन्छ। मिथुन,तुला र कुम्भ राशीका मानिसका साथ मीन राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० हुन्छ । मीन राशिका मानिसका लागि मेष, सिंह या धनु राशिका साथी त्यति उत्तम मानिदैन। यिनीहरूको प्रेम सम्बन्धको सफलताको सम्भावना एकदमै कम हुन्छ।

प्रतिक्रिया