राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

शर्मिला गुरुङ

काठमाडौँ, ९ फागुन  : नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।

लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार प्राप्त गर्ने सङ्घकी अध्यक्ष सुनिता थापाले बताउनुभयो । त्यसैगरी दोस्रो हुनेले रु २० हजार र तेस्रो हुने खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुनेछ । फाइनल पुग्ने खेलाडीबीच हार्डक्रोम्याच हुनेछ । त्यसैगरी ट्रिपल थ्रिड, सिङ्गल थ्रिड, ट्रयाग टिमलगायतका म्याचहरु हुने बताइएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, एक्स हिरो, टुप्पि ग्याङ्ग, चटानलगायतको सहभागिता हुनेछ । त्यसैगरी महिलातर्फ विलाशा, डेनिका, सोफीले प्रतिस्पर्धा गर्ने छन् । रेफ्रीमा कँुवेर केसी, प्रदीप पाण्डे, विकास खड्का रहने छन् ।

सङ्घले खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीसमेत सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया