राहत सामग्री बोकेर पुगे मिडियाकर्मी, मुसहर बस्तिमा खुशीको लहर देखियो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : केहि समय अघि मोरंगको बेलबारी ८ स्थित मुसहर बस्तीको दर्दनाक अवस्था देखेर हामी केहि मिडियाहरुको सहकार्यमा सहयोगको अभियान चलाएका थियौँ। त्यहि अभियान अन्तर्गत केहि सहयोगी मनहरुबाट आएको सहायोग लिएर पिएनपिखबर टिम र गुड टिभी मुसहर बस्ति पुगेका थियो।

कापी कलम, खाद्यान्न लत्ताकपडा पाउँदा स्थानियबासिन्दाहरुको मुहार खुशी छायो। केहि समय अघि हामीले मुशहर वस्तीको अबस्था भिडियोमार्फत दर्शक सामु पसेकेका थियौ।

उक्त भिडियो हेरेर विदेशमा बस्ने नेपाली दाजुबहिनीले हातेमालो गरेर पठाएको रकमबाट वस्तीमा राहत सामग्री लिएर मिडिया टोलि पुगेको थियो।गाँस, बाँस र कपासबाटै बन्चित यस वस्तीमा सरकारको आँखा पुगेको छैन। सरकारले आधिवासी, जनजातिलाई राहत बढिरहदा मोरंगका यी १७ घरधुरी भएका मुसहर बस्ति अझै शिलाको भरमा जीवन जिउन बाध्य छ।

खेतीपातीको लागि उनीहरुको न आफ्नो व्यक्तिगत जग्गाजमिन र व्यक्तिगत सम्पत्ति भन्नु केही छैन।राहतको साथै यस बस्तिको विकासको लागि पिएनपीमिडिया टिम सरोकारावालाहरुलाई सहयोग गर्न सार्वजनिक रुपमा अपिल पनि गर्दछ। तपाई पनि हातेमालो गरेर मोरङ्गको मुसहर बस्तीका सदस्यलाई सहयोग गर्न चाहानुहुन्छ भने हामीलाई हाम्रो फेसबुक पेज पिएनपीखबर डट कममा पनि म्यासेज गर्न सक्नुहुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू