रिना मृत्यु प्रकरण : स्थानीयबासीद्वारा इलाका प्रहरी कार्यालय घेराउ (भिडियोसहित)

रिता घिसिंग

 

पिएनपिखबर : गत शनिबार मोरङको पथरी-१ स्थित २९ बर्षीय रिना बस्नेत आफ्नै डेरा अगाडी सडकमा नग्न अवस्थामा मृत फेला परेका थिए। बस्नेतको मृत्यु शकास्पद देखिएपछि स्थानीयबासीले सोमबार इलाका प्रहरी कार्यालय घेराउ गरेको छ। प्रहरीको अनुसन्धानमा महिलाले अत्यधिक मदिरा सेवन शौचालय जाने क्रममा लडेर मृत्यु भएको हुन् सक्ने बताएका थिए।

रिना बस्नेत त्यसघरमा बिगत ८ बर्षदेखि बसोबास गर्दै आएकी थिइन्। उनको श्रीमान हाल दुबईमा बैदेशिक रोजगारमा छन्। छोराका अनुसार राति कन्सर्ट हेरेर ११ बजे घर फर्किने क्रममा कमल थापा नाम गरेको व्यक्तिको पटक पटक फोन आइरहेको तर आमाले नउठाएको उनले बताए।

छोरा साइमन बस्नेतको यस्तो बयानपछि पनि उक्त व्यक्तिलाई प्रहरीले अनुसन्धानको लागि उनलाई पक्राउ नगरेपछि स्थानीयबासी आक्रोषित भएका हुन्। अक्रोषित स्थानीयबासिले अहिले प्रहरी कार्यालय घेराउ गरेको छ। उनीहरुले प्रहरीलाई घटनाबारे सत्यतथ्य बाहिर ल्याउन दबाब दिइरहेका छन्।

प्रहरीले रिना बस्नेत मृत्यु प्रकरणलाई अलि गम्भीर रुपमा अनुसन्धान नगरेका कारण मुख्य दोषी फरार हुने सम्भावना देखिएको वडाअध्यक्ष बाबु राम याङ्ग्देनले बताए। घटनाको प्रकृति हेर्दा हत्या हो कि आत्महत्या हो अझै अन्योल रहेको उनले बताए।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू