‘रूसी साइबर आक्रमण क्यानाडाप्रति पनि लक्षित’

admin

ओटावा, क्यानाडा, १८ असोज : रूसी साइबर आक्रमणबाट क्यानडासमेत प्रभावित भएको बताइएको छ । बिहीबार क्यानाडेली विदेशमन्त्रालयले आफ्नो खेलकूदको अनुशासन केन्द्र र मन्ट्रिअलस्थित अन्तराष्ट्रिय डोपिङ एजेन्सीमाथि रूसद्वारा घात गरिएको बताएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) आवद्ध राष्ट्रहरूले पछिल्ला बर्षहरूमा रूसमाथि साइबर आक्रमण गरेको वा आफ्ना तथ्याङ्कहरूलाई ह्याक (चोरेको) भनी आरोप लगाइरहेका समय क्यानडाको पनि उक्त भनाई आएको हो । क्यानडाको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा “क्यानाडाको साइबर हस्तक्षेपहरूमा रूसी सेनाको गुप्तचर शाखा ‘जिआरयु’ जिम्मेवार रहेको दावी गरिएको छ ।”
-रासस÷सिन्ह्वा

प्रतिक्रिया