रौतहटमा छठ पर्वको रौनक (फोटो फिचर)

admin

रौतहट, १६ कात्तिक: लोकआस्थाको महत्वपूर्व छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिने गरिन्छ । भक्तिभावका साथ रौतहट चन्द्रपुर नगरपालिका वडा नं ७ लगायत तराइका विभिन्न जिल्लाहरुमा वर्तालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन्।

वर्तालुले शुद्धता तथा पवित्रताप्रति विशेष ध्यान दिनुकासाथै कडा नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धता मथि निकै ध्यान दिइरहेको पाइन्छ।

छठको परम्परागत प्रसादको रुपमा चढाइने ठेकुवा र कसारका साथ–साथै विभिन्न प्रकारका मिष्ठान परिकार र पूजा सामग्रिको चढाएका छन् थिए।

छठ पूजाको लागि वर्तालुहरुले जिल्लाभरीका अधिकांश नदी तथा जलाशयहरु सफा पारी पूजा गर्ने स्थान वरपर झिलिमिलि पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू