गायिका लक्ष्मीले बजारमा ल्याईन तीजको कोसेली ”माइतीको आँगन” (भिडियो)

मनिषा थापा

पिएनपिखबर : नारीहरुको महान चाड तीज नजिकिदै गर्दा तीजसँग सम्बिन्धित गीत धमाधम सार्वजनिक भईरहेका छन् । यही क्रममा गायिका लक्ष्मी पुरी प्रधानको आवाजमा ‘माइतीको आँगन’ बोलको तीज गीत सार्वजनिक भएको छ । करण के उप्रेतीको शब्द रहेको उक्त गीतमा बुद्ध श्यांबाको संगीत रहेको छ।

पछिल्लो समयमा तीजका गीतमा मौलिकता हराएको आरोप लागेको बेला मौलिक पहिचान बोकेको यस गीतमा प्रदिप कुमार रसाईलीले नृत्य र निर्देशन गरेका छन्। गीतमा उनै रसाइली अनि समिता गिरीलाई फ़िचरिङ्ग गरिएको छ। गीतमा छायांकन दिपक गिरीको रहेको छ भने सम्पादन अमृत चापागाईले गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया