लक्ष्मी मातालाई प्रसन्न पार्न चाहनुहुन्छ भने घरमा राख्नुहोस् यी ४ जनावरको मुर्ति

रिता घिसिंग

पिएनपिखबर : हिन्दु धर्मको अनुसार बिभिन्न बिषयहरु लेखिएका छन् जसको कारणले धन लाभ वा धन नासका बिषयहरु उल्लेख गरिएको छ । यदि तपाई लक्ष्मी मातालाई प्रसन्न पार्न चाहनुहुन्छ भने घरमा राख्नुहोस् ४ जनावरको मुर्ति :

१) कछुवाको जोडी
घरमा कछुवाको जोडी राख्दा सुख, शान्ति र सम्पन्नता स्थायी हुने विश्वास गरिन्छ। कछुवाको उमेर सबैभन्दा बढी हुने गर्दछ, त्यसैले यसलाई स्थायी सम्पन्नता दिने विश्वास गरिन्छ।

२) हात्तिको जोडी
हात्तिलाई माता लक्ष्मीको वाहान मानिने गरिन्छ। शास्त्रका अनुसार लक्ष्मीको सबै भन्दा शुभ स्वरुप हात्तिमा विराजित हुने गर्दछ। उनलाई गज लक्ष्मी भन्ने गरिन्छ। त्यसैले हात्तिको जोडी घरमा राख्दा लक्ष्मीको वास हुने विश्वास गरिन्छ।

३) गाईको जोडी
दुई गाई अर्थात गाई र गोरु अथवा गाई र बाच्छीको मूर्ति घरमा राख्नु भगवान कृष्णको शक्तिका लागि उत्कृष्ट मानिने गरिन्छ। शास्त्रमा भन्ने गरिन्छ, जसलाई भगवान कृष्णको कृपा चाहिन्छ उसले गो सेवा गर्नु । यसले घरमा प्रेम, शान्ति र संस्कार ल्याउने गर्दछ।

४) घोडाको जोडी
यदी घरमा घोडाको जोडी छ भने त्यसले शक्ति, स्फुर्ति र सक्षमता दिने गर्दछ। घोडालाई शक्तिको प्रतिक मानिने गरिन्छ।

प्रतिक्रिया