लगातार ओरालो लागेको सुनचाँदीको भाउ आज ह्वात्त बढ्यो

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १५ असोज : आज साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा लगातार ओरालो लागेको सुनचाँदीको भाउ आज भने ह्वात्त बढेको छ । हिजो मंगलबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

हिजो प्रतितोला ६९ हजार २ सयमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६९ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुनको पनि भाउ बढेको छ। हिजो प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया