लगातार वर्षाका कारण बनेपा बजार डुबानमा, आखिर कहिलेसम्म ? (भिडियो)

मनिषा थापा

पिएनपिखबर : निरन्तर वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपाको मुख्य बजार डुबानमा परेको छ। गएराती देखि परेको पानीले सिंगो बजार नै जलमग्न बनाएको छ। सडकमा पानी बग्न थालेपछि आवतजावतमा गर्न समेत् सर्वसाधारण जनतालाई समस्या भइरहेको छ।

पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले पानीको सतह बढ्ने सम्भावना रहेको देखिन्छ। हरेक वर्ष बनेपा अत्याधिक वर्षाको कारणले डुबानमा पर्ने भएता पनि यसको दीर्घकालीन समस्या समाधानमा सम्बन्धित निकायले चासो दिएका छैनन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू