ललितपुर काण्डको नयाँ ट्विस्टबारे यस्तो छ वास्तविकता (हेर्नुहोस भिडियो)

मनिषा थापा

पिएनपिखबर : हामी तपाईहरु समक्ष ललितपुर जिल्लाको ललितपुर महानगरपालिका ढोलाहिटी वडा न २६ मा गत बैशाख २६ गते भएको जेठाजु उज्ज्वल महतद्वारा बुहारी अन्जना लामा महतको हत्या गरिएको घट्नाको थप अपडेट लिएर उपस्थित भएका छौ। 

जेठाजु उज्ज्वल महतले बिहिबार दिउँसो आफ्नै घरमा बुहारी अन्जनाको खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटना भएको दिन घरमा उज्ज्वल, उज्ज्वाकी आमा र बुहारी अञ्जना मात्रै थिए, घरको दोस्रो तल्लामा रहेको अञ्जनाको कोठामै उज्ज्वलले अञ्जनाको हत्या गरेको र हत्या भएको समयमा  उज्ज्वलकी ‘आमा माथिल्लो तल्लाको कोठामा रहेको कारण केहि थाहाँ नभएको बताउछिन। 

बुहारी अञ्जनाको हत्या गरे लगत्तै उज्ज्वल आफैले आमाको कोठामा गएर आमा मैले बुहारीलाई मारिदिए पुलिस बोलाउनुस’ भनेपछि मात्रै आमाले बुहारीको हत्याबारे थाहाँ पाएको कुरा बाहिर आएको छ। घटना भए पछि महानहानगरिय प्रहरी वृत चापागाउँको प्रहरी टोली घटना स्थलमै पुगी उज्ज्वल महतलाई पक्राउ  गरी घटनाको थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत चापागाउँमा लागिएको हो। यस घटनाको बारेमा समाचार संकलनको लागि पुगेको हाम्रो टिमलाई परिवारको कोहि पनि सदस्यले केहि बोल्न चाहेनन् र उज्ज्वलका कान्छा मामाले केहि युट्युब च्यानलहरुले यस घटनालाई अतिरन्जित र भ्रामक हल्ला फिजाएको भन्दै त्यस्ता युट्युब च्यानललाई साइबर क्राईमको मुद्दा लगाउने समेत जानकारी दिएका थिए। त्यसै गरी यस विषयमा महानगरीय प्रहरी वृत चापागाऊँका प्रहरी प्रमुखसँग घटनाको विषयमा बुज्न खोज्दा अनुसन्धान भईरहेको र अनुसन्धानको क्रममा भएको कतिपय कुराहरु बाहिर भन्न नमिल्ने बताएका छन्।

हत्यारा भनिएका उज्ज्वल महतलाई प्रहरीले अनुसन्धानको समयावधिभित्र रहेर अनुसन्धान गरिरहदा एकातिर यस घटनाको बारेमा विभिन्न राजनीतिक विश्लेषक र केहि समाजसेवी भनौदाहरुले आफु प्रत्यक्षदर्शी झै अझ भनौ घटनाको विषयमा सम्पूर्ण कहानी नै थाहाँ भएको जसरी आफै अनुसन्धानकर्ता भए झै गरी विभिन्न  टिक्काटिप्पणी गिरिरहेका छन। अर्कातर्फ़ डलर कमाउनकै लागि विभिन्न युटुब च्यानलहरु त्यस्ता राजनीतिक विश्लेषक र समाजसेवीहरुको भिडियो खिचेर हावादारी प्रचार गरिरहेका छन् । एउटी महिलाको हत्याको बिषयलाई लिएर आमसंचार माध्यममा आफु चर्चामा आउनकै लागि यस्ता अफवा फैलाउने विश्लेषक, समाजसेवीहरु अनि डलर कमाउनकै लागी यस्ता भ्रामक प्रचार गरिरहेका युट्युब च्यानलहरुले कतिको मर्यादा पालना गरिरहेका छन् त? यस्तो हावादारी प्रचारले यति खेर शोकमा डुबिरहेको मृतकको परिवारका सदस्यको मनमा कस्तो प्रभाव पर्ला? साथै प्रहरी अनुसन्धानदेखि अदालतको सुनुवाईसम्म कस्तो प्रभाव पर्ला ?  भन्ने कुराको हेक्का राख्नु जरुरी छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहदा विभिन्न अनलाईन पत्रिकामा भने हत्यारा भनिएका उज्जवल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा ट्वीस्ट आएको भन्दै ,पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार घटना हुनुअघिबाटै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग असन्तुष्ट भएको र बयान दिने क्रममा उनले बुहारीसँग पहिलेदेखि नै असन्तुष्ट रहेको स्वीकार गर्नु को साथै भाइबुहारीले घर बन्धकी राखेर क्यान्डा जाने प्रक्रिया थालेलगत्तै उनले असन्तुष्टि व्यक्त गरेका र उनले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेको समाचार प्रकाशन गरिरहेका छन् । 

हामीले यी समाचारको आधारमा थप सत्य तथ्य बुज्नको लागि महानागरिय प्रहरी वृत चापागाउका प्रहरी प्रमुखसँग फोन सम्पर्क गरेका थियौ तर उनले घटनाको बिषयमा यस्ता तथ्यहरु सार्बजनिक नगरेको र यस्ता समाचारको विषयमा केहि पनि थाहाँ नभएको बताउनुको साथै अनुसन्धानको क्रम जारी रहेको समेत बताएका छन् । साथै अनुसन्धान टुंगो नलागुनजेलसम्म यस्ता समाचारको पछि लागेर भ्रममा नपर्न आम नागरिकलाई सचेत समेत गराएका छन् । 

मृतक अञ्जना लामा महतको पोष्टमार्टम रिपोर्ट पनि आउन बाँकी रहेको बताए । त्यसपछि लगतै हामीले ललितपुर जिल्लाका सुचना अधिकृतलाई पनि फोन सम्पर्क गरेर घटनाको पछिलो अपडेट बारे बुझ्ने प्रयास गर्दा उनले घट्नाको अनुसन्धानको क्रममा भएका कुराहरु भन्न नमिल्ने  र अनुसन्धान पश्चात यस घटनालाई अदालत् समक्ष पुर्याई सकेर अदालतले फैसला गरिसकेपछि मात्रै घटनाको बिषयमा सम्पूर्ण सत्य तथ्य बाहिर आउने जानकारी दिए ।  

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू