लाखौ खर्चेर नर्सिङ्ग पढ्दा पनि ५ हजारको जागिर पाउनलाई धाउधाउ छ: नर्स शान्ति थापा

मनिषा थापा

पिएनपिखबर : देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको वास्तविक तलव पीडा दुख लाग्दो बनेको छ ।

नेपाल नर्सिङ एशोसिएसनको तथ्थांक अनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा छन् । २२ हजार निजी अस्पतालमा छन् । केही एनजिओ र थुप्रै विदेशमा छन्। उनीहरुको तलव मासिक ४ हजारदेखि ८ हजार रुपैयाँसम्म हुन्छ । समस्या उठायो भने जागिर जाने डर उनीहरुमा छ।

यस्तो अवस्था र परिवेशले लाखौँ रूपैयाँ खर्च गरेको लगानी र मेहनत कहिले चुक्ता गर्ने यो कुराले नेपाली नर्सहरूलाई दुखी बनाएको छ । रोजगार पाउने समस्या उत्तिकै छ भने उत्पादन भएका कयौ नर्सहरु पनि अझै बेरोजगार छन् ।

समयमै सरकारले यस बारे ध्यान नदिने हो भने नर्स पढ्नेहरूको कमी आउने खतरा बढ्ने देखिएको छ । यसै विषयमा बोल्दै नर्स शान्ति थापा भन्छिन, ‘हुँदा खानेले देखि हुनेखाने परिवारबाट पनि छोरीलाई नर्स पढाएका हुन्छन तर दुख गरेर पढीसके पछि पनि रोजगार पाएका छैनन् र रोजगार पाउनेलाई पनि अति न्यून पारिश्रमिक दिईने गरिन्छ जुन शोषण हो।’

उनले लाखौ खर्चेर नर्स बनेर पनि ५ हजारको जागिर पाउन धाउधाउ परेको उनको गुनासो छ । नर्सहरुले आफुमाथि भएको अन्यायविरुद्ध खुलेर बोल्न र राज्यको यस विषयमा ध्यान पुर्याउनु नितान्त आजको आबश्यक रहेको उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू