लिगलिगकोटमा ठूलो राष्ट्रिय झण्डा

admin

गोरखा, २७ पुस : गोरखाको ऐतिहासिक लिगलिगकोट दरबार परिसरमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोटमा पालुङटार नगरपालिकाले आज ४० फिट अग्लो राष्ट्रिय झण्डा राखेको हो । राष्ट्रिय एकता दिवसको अवसर पारेर नगरपालिकाले लिगलिगकोटको पर्यटन प्रवद्र्धनका लागि पहिलो चरणको कामको शुरुआत गरेको नगर प्रमुख दीपकबाबु कँडेलले बताउनुभयोे ।

उहाँले लिगलगिकोटमा राखिएको झण्डाले यहाँ पुग्ने सबै नेपालीमा राष्ट्रियताको भावना थप जागृत गराउने जानकारी गराउनुभयो । उहाँले लिगलिगकोटमा घुम्न आउने पर्यटकलाई घरवासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा घरवास विकासका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड रकम विनियोजन गरेर प्रदेशस्तरीय सङ्ग्रहालय निर्माणको काम अघि बढाइसकेको छ ।
-रासस

प्रतिक्रिया