लिपुलेक र कालापानी जोगाउन नेपाली सेना परिचालन गर भन्दै शाही जंगिए

मनिषा थापा

पिएनपिखबर : लिपुलेक र कालापानी जोगाउन नेपाली सेना परिचालन गर भन्दै अभियान्ता ज्ञानेन्द्र शाहीले आक्रोश पोखेको छन्। सिमा मिचिदा पनि सरकार मौन रहेको भन्दै उनले आपत्ति जनाए।

भारतले लिपुलेक र कालापानी मिचेको विषयमा माइतिघर मण्डलामा आयोजित विरोध कार्यक्रममा बोल्दै शाहीले नेपालको सिमा भारतले मिचेको नभई नेपालीको भावना मिचिएको बताए। उनले देश विदेशमा भएको युवाहरुलाई एकजुट भएर कालापानीको सिमाना आफ्नै देशमा ल्याउन आग्रह गरे। यस्तै उनले चांडै भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने जनाए।

भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको छ । जसमा नेपालको विशाल भूमि भारतले आफ्नो नक्सा राखेको हो । गत ०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नाकाबन्दी गरी सम्बन्ध बिगारेको भारतले पुन: ओली सरकारकै पालामा नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको हो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया