वरबधूको खोजी गरिदिने अनलाइन लमी !

मनिषा थापा

पिएनपिखबर : प्रविधिले फड्को मारे सँगै मानिसहरुको दैनिकी निकै सहज हुँदै आएको छ। यसै प्रविधिले गर्दा अब विवाहको लागि लमी समेत् खोज्न नपर्ने भएको छ। इच्छुक महानुभावले अनलाइन पोर्टलमार्फत नै सजिलै वरबधु खोज्न सक्नुहुनेछ।

‘गुरु मञ्जरी’ नामक संस्थाले खोलेको https://www.myswayambar.com/ नामक अनलाइन वेब साइटमार्फत संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्न पाउने र आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गर्न सक्ने व्यवस्था ल्याएको छ।

नेपालीमा ‘मेरो स्वयम्बर’ नाम राखिएको अनलाइन पोर्टलको मुख्य उद्देश्य नेपालीको बैद्धिक परम्परा जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज, सरल तथा सुखमय दाम्पत्य जीवन बनाउने तथा रहेको छ।

‘गुरु मञ्जरी’ संस्थाले मङ्गलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यशैलीबारे जानकारी दिएको छ । उक्त सम्मेलनमा बोल्दै सँस्थाका संयोजकले प्रकाश बेडारीले भने, ‘संसारभर छरिएका नेपाली समाज र हिन्दुत्वको परम्पराको जगेर्ना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन ‘गुरु मन्जरी’को यो अभियान शुरु भएको भएको हो।’

उनले भने, ‘देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता र गोपनीयतालाई उच्च सम्मान गर्दै विवाह गराउन मान्यताप्राप्त योग्य व्यक्तिबाट वरबधू खोजिदिने गरेका छौ।’

११ वटा देशमा रहँदै आएका १९ जना पण्डितहरुको समुहले ‘गुरु मञ्जरी’ नामक संस्था खोलेका हुन्। ‘गुरु मञ्जरी’ नामक संस्थाले इच्छुक व्यक्तिलाई विवाह गराईदिनुको साथै ज्योतिषी, वास्तु परामर्श दिने गर्छ।

वरबधू खोजीमा रहेका व्यक्तिले उक्त वेबसाइटमा गएर आफूले खोजेको योग्यता पुगेको व्यक्तिको सूचना ग्रहण गर्ने, आफ्नो निवेदन दर्ता गर्ने र आफूले दिनुपर्ने सूचना दिएपछि पोर्टलका कर्मचारीले सुहाउँदो वरबधूको खोजी गरी निवेदकलाई सूचना दिइने पण्डित बेडारीले स्पष्ट पारे। इच्छुक व्यक्तिले जम्मा ५ हजार तिर्नु पर्ने जनाइएको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू