वरीयता मिचेर नेतृत्व गर्ने मन्त्री, उपप्रधानमन्त्रीको सहभागिता मात्रै

admin

काठमाडौं, असोज १: उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारले नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि न्युयोर्क जान लागेका छन् ।

महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् । मन्त्रिपरिषद्को वरीयतामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया