‘वाइड बडी’ र ‘हेली क्र्यास’ को बिषयमा जनअपेक्षाअनुरुप काम गर्न नसकेको ई. कँडेलको स्वीकारोक्ति (भिडियो)

admin

काठमाडौँ: इन्जिनियर दिपेन्द्र कँडेलले सामाजिक संजालमा आएको नकारात्मक टिप्पणी स्वाभाविक भएको बताएका छन । वाइडबडीको ठुलो माछा बाम पछारे झैँ पछार्छु भनेसँगै चर्चामा आएका कँडेललाई सामाजिक संजालमा कुरा मात्र गरेको तर काम नगरेको भन्दै तुच्छ प्रतिक्रिया आइरहेको छ। ‘पब्लिक इनोभेटर’ को रुपमा काम गर्दै जाँदा वाइड बडी र ताप्लेजुङ्ग हेलीकप्टर दुर्घटनाको बिषयमा जनअपेक्षा अनुरुप आफुले काम गर्न नसकेको उनले स्वीकारेका छन।

ताप्लेजुङ्ग हेलीकप्टर दुर्घटनाको बिषयमा उनले ३ हफ्ताभित्र एयरबसको टिम नेपाल आएर स्थलगत अध्ययन गर्ने र यसको लागि आफु लागिपरेको दावी गर्दै आएका छन। काठमाडौँमा क्यान्डी डट कम नामक कन्सल्टेन्सी खोलेर क्यानाडा पठाउने काम समेत गर्दै आएका कँडेलले ‘कँडेल फाउन्डेसन’ र ‘दिपेन्द्र कँडेल इनिसियटिभ’ नामक एनजीओ र आइएनजिओ समेत चलाउदै आएको बताएका छन।    

हेर्नुस भिडियो:   

प्रतिक्रिया

सम्बन्धित समाचारहरू