वायुसेना विमान दुर्घटनाग्रस्त, विमानका सबैको मृत्यु भएको आंशका

admin

नयाँदिल्ली, २८ जेठ: आठ दिनदेखि हराइएरहेको भारतीय वायुसेनाको एन्टोनोभ एन ३२ विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै अरुणाचलको लिपोबाट १६ किमिको दूरीमा करिब १२ हजार फिटको उचाइमा मंगलबार दुर्घटनाग्रस्थ जहाजको भग्नावेश भेटिएको जनाएको छ । दुर्घटनास्थल चीनको सीमाबाट नजिक पर्छ ।

दुर्घटनामा विमानमा रहेका सबैको मृत्यु भएको आशंका गरिए पनि वायुसेनाले त्यसबारे केही उल्लेख गरेको छैन । जहाजमा चालक दलका ८ सदस्यसहित ५ यात्रु थिए । अघिल्लो सोमबार पूर्वीउत्तरी राज्य आसामको जोरहाटबाट मध्याहृन १२ बजेर २५ मिनेटमा उडेको भारतीय वायु सेनाको एन्टोनोभ एन ३२ विमान त्यसको ३५ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उक्त मालवाहक जहाज चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको थियो ।

जहाजमा नेपाली मूलका २८ वषर्ीय राजेश थापाले पनि यात्रा गरेका थिए । पुख्र्यौली घर लमजुग भएका फलाइट लेफटनेन्ट राजेश ५ वर्षअघि मात्र भारतीय वायुसेनामा भर्ती भएका थिए । करिब दुई वर्षकै उमेरमा हजुरआमा रमामाया थापाको साथ लाएर दिल्ली आएका राजेश यतै हुर्किए । दिल्लीको फरिदाबादमा बस्दै आएका राजेश पछिल्लो समय करिब ३ साता हजुरआमासँगै बिताएर गत २७ मेमा काममा फर्केका थिए ।

रूसमा निर्मित दुइटा इन्जिन भएको ट्रबोप्राप उक्त जहाज भारतीय सेनाले विशेषगरी सैनिक सामग्री ढुवानीका लागि प्रयोग गर्दै आएको थियो । विमान दुर्घटनास्थल भौगोलिक हिसाबले विकट रहेको बताइएको छ । त्यसमाथि मौसम खराब भएकाले पनि उक्त क्ष्ाेत्रमा पुग्न सुरक्षाकर्मीलाई कठिनाइ भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, सेनाले ट्वीट गर्दै उक्त क्ष्ाेत्रमा पुग्न हरसम्भव प्रयास गरिहेको बताएको छ । गत शनिबार बेपत्ता जहाजको खोजीमा ठोस प्रगति नभएपछि भारतीय वायु सेनाले विमानबारे भरपर्दो सूचना दिनेलाई ५ लाख भारतीय रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको थियो । घोषणालाई विमानका यात्रु तथा चालक दलका सदस्य सकुशल रहने सम्भावना क्षीण रहेको संकेतका रूपमा बुझिएको थियो ।

प्रतिक्रिया