वार्ताबाटै समाधान खोज्न बारको आग्रह

admin

काठमाडौँ, १२ चैत: नेपाल बार एशोसिएसनले विप्लव समूहको गतिविधिलाई वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग अनुरोध गरेको छ ।बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका राजनीतिक आन्दोलनमा सरकारले गरेको बन्देज तथा शक्तिको अत्यधिक प्रयोगले समाधान प्राप्त नभएको हुँदा राजनीतिकरुपमा समाधान रोज्नुपर्ने उल्लेख छ ।

विप्लव समूहका क्रियाकलापलाई प्रतिबन्ध लगाउन सरकारले गत फागुन २८ गते गरेको निर्णय फिर्ता लिइ वार्ता, सहमति र समझदारीमार्फत समाधान खोज्न बारले आग्रह गरेको छ ।
-रासस

प्रतिक्रिया