वासिङटन डिसीमा डुवान, विद्युत र यातायात सेवा अवरुद्ध

शर्मिला गुरुङ

वासिङटन डिसी, २४ असार (रासस÷एएफपी) ः अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ ।

वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो ।

राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन । बाढीबाट सडक तथा घरहरु डुबेका छन् ।

अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो । रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।

अचानक आएको बर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो । त्यसैगरी महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ ।

सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन् । कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया