‘विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने’ :खेलकूदमन्त्री विश्वकर्मा

admin

पोखरा, २७ पुस : युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले देश विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको ७२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उहाँले सरकारको पहिलो प्राथामिकता नै समृद्धि रहेको उल्लेख गर्नुभयो । सरकारी विद्यालयको गुणस्तर खस्कनु चुनौतीपूर्ण रहेको बताउँदै उहाँले यस्तो अवस्थामा पनि विन्ध्यवासिनी माविले शैक्षिक गुणस्तर कायम गर्न सकेकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, पूर्वसांसद सोमनाथ अधिकारी प्यासी, शिक्षक नवीनचन्द्र अधिकारी, उत्कृष्ट विद्यार्थी सरस्वती विक, शिक्षक खेमराज पौडेल, ईश्वर खड्का, विद्यार्थी माधव अधिकारी, भेषराज पौडेल, कर्मचारी सुकमाया सापकोटा, शिक्षक पार्वती बानियाँलगायतलाई सम्मान गरिएको थियो ।
-रासस

प्रतिक्रिया