विज्ञान र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्छ’ :मन्त्री पोखरेल

admin

दार्चुला, ७ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । शिक्षा विकास तथा समन्वय एकाइले आयोजना गरेको ‘दार्चुला जिल्लामा शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी योजना’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले विगतको जस्तो शिक्षा पढाएर अब काम नचल्ने बताउनुभयो । 

“विद्यार्थीलाई विज्ञान विषयतर्फ आकर्षित गर्नुस्”, उहाँले भन्नुभयो । विज्ञान पढ्ने विद्यार्थी कम हुँदै गएकाले समयसापेक्ष विज्ञान प्रविधियुक्त शिक्षामा शिक्षकले जोड दिनुपर्ने बताउनुभयो । “ अब विज्ञान प्रयोशाला र ल्याब अनिवार्य छ । विद्यार्थीलाई विज्ञान विषय पढाउँदै अनुसन्धानमा लगाउनुपर्छ”, मन्त्री पोखरेलले भन्नुभयो । उहाँले शिक्षामा सुधारका लागि तीन तहबीच समन्वय हुनुपर्ने बताउनुभयो । 

 

“विद्यालय शिक्षा स्थानीय तहकै हो, प्रदेश र सङ्घीय सरकारबीच केही अधिकार साझा सूचीमा छ । हामीले सहमति सहकार्यमै कार्यान्वयन गर्नुपर्छ”, मन्त्री पोखरेलले भन्नुभयो, “सङ्घीय सरकारले ऐन बनाउने तयारी गरेको छ । राष्ट्रिय शिक्षा नीति बनेको छ । मन्त्रिपरिषद्मा गएको छ, केही दिनमै मन्त्रिपरिषद्ले पास गर्छ ।” 

-रासस

प्रतिक्रिया