विदेशिएका लाखौ नेपालीहरुको मन छुने गीत ”आमा तिमीलाई” सार्वजनिक (भिडियो)

मनिषा थापा

काठमाडौँ : गाँस, बास, कपास अनि भाग्य खोज्दै मातृभूमिबाट अलग रहेर बाँच्न कसलाई पो रहर हुन्न होला र ? तर पनि हामी नेपालीहरु राजनितिक, गरिबी, बेरोजगारी आदि यस्तै-यस्तै बिभिन्न कारणहरूले गर्दा नचाहँदा नचाहँदै आफ्नो परिवारबाट छुट्टिएर परदेशी भुमिमा पसिना बगाउनु परेको तितो यथार्थलाई समेटेर गायक तथा संगीतकार रेशम प्रधानले “आमा तिमीलाई” बोलको गीत हालै बजारमा ल्याएका छन् ।

“आमा तिमीलाई” बोलको गीतको भिडियो अहिलेका व्यस्त अनि चर्चित छायाकार तथा सम्पादन ( एडिटर) युबराज खत्रीको निर्देशन, छायाँकन तथा सम्पादन रहेको छ। छायांकनमा उनलाई सुजन श्रेष्ठले सघाएका छन् ।

गीतको शब्द रचना,संगीत तथा स्वर, गायक तथा संगीतकार रेशम प्रधान कै रहेको छ। गायक प्रधानको यस अघि फुल जस्तो उपहार जस्ता आधा दर्जन गीत बजारमा आइसकेका छन् । आशा खड्का, शिब ठटाल, चन्द्रा तामाङ, राजु कमेडी भुजेल अनि बाल कलाकारमा रचना थापाको दमदार अभिनय हेर्न सकिन्छ । यो गीत अनि भिडियोले बिदेशिएका लाखौ नेपालीहरुको मन छुने छ भन्ने पूर्ण विश्वास लिएको निर्देशक खत्रीले बताए ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया