विना ड्राइभर गाडी कुदाउन सक्ने यी अचम्मका व्यक्ति (भिडियो)

मनिषा थापा

पिएनपिखबर : हामीले विना ड्राईभर गाडी गुडेको कुनै फिल्म र कथामा मात्र देखेका छौ तर चाबाहिलमा बस्ने श्रीकृष्ण थापाले भने आफुले ड्राईभर विना नै गाडी गुडाउन सक्ने दावी गरेका छन्। उनी आफ्नो टाईमिङ्ग र गाडीको टाईमिङ्ग मिलाएर गाडी गुडाउन सक्ने बताउँछन। उनले चाबाहिलमा अबस्थित चारुमती ड्राईभिङ सेन्टर खोलेको दुई वर्ष भयो।

उनका ८ वर्षीय छोरासँग पनि ड्राईभिङको एक अतभुत कला छ। यति कलिलो उमेर मै कार देखि स्कुटीसमेत सजिलै चलाउन सक्छन। उनले सजिलै गाडी चलाएको देखेर सबै दङ्ग पर्छन। उनले त्यस ड्राईभिङ सेन्टरमा अरुले चलाएको देख्दा देख्दै आफै चलाउन सिकेका श्रीकृष्ण बताउछन। अझ अचम्म लाग्ने कुरा के छ भने उनी आफुमात्र हैन अरुलाई पनि गाडी चलाउन सिकाउने गर्छन। उनका बाबु उनले सानो उमेरमै यति साहसका साथ् गाडी चलाएको देख्दा धेरै गर्भ महशुस गर्छन।

चारुमती ड्राईभिङ सेन्टरमा ठुला-ठुला वरिष्ट व्यक्ति देखि साधारण व्यक्तिसम्म सिक्न आउने गर्छन। हालै भाइरल कलाकार विश्व आनन्द पनि त्यहि ड्राईभिङ सिकिरहेको उनले बताए। उनीसँग विगत १५ वर्ष देखि ड्राईभिङ सिकाएको अनुभव छ। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू