विपत्ति पिडितलाई रु २७ लाख राहत

शर्मिला गुरुङ

जाजरकोट, २६ मङ्सिर : जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई रु २७ लाख २२ हजार राहत वितरण गरेको छ ।

दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । चालु आव २०७५÷७६ को अहिले सम्ममा १०८ परिवारले राहत रकम पाएका छन् । विपत्मा परी ज्यान गुमाएका १४ मृतकका परिवारलाई प्रतिपरिवार रु एक लाख, खाद्यान्न, लत्ताकपडासहित घर पूर्णरूपमा क्षति भएका नौ परिवारलाई प्रतिपरिवार रु ५० हजार र आङ्शिक रूपमा घर क्षति भएका ७७ परिवारलाई रु चार हजारदेखि रु २० हजारसम्म वितरण गरिएको छ । बाढीपहिरोबाट विस्थापित आठ परिवारलाई रु आठ हजारदेखि रु १५ हजार तथा अन्य राहत सामग्री वितरण गरिएको प्रजिअ बस्नतेले बताउनुभयो । रासस

प्रतिक्रिया