विपन्नलाई भान्सा चलाउनै मुस्किल

admin

धनगढी, असोज २१ : दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् । केहि दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको समाचार आजको नागरिक दैनिकमा छ ।

सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् । खाने तेल प्रतिपोका (आधा लिटर) ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले बताइन् । तेलमात्रै हैन, चामल पिठोदेखि तरकारीलगायतको मूल्यवृद्धि भएको उनले सुनाइन् ।

प्रतिक्रिया