विप्लपका इन्चार्ज तिरुवा पक्राउ

admin

सिञ्जा, ३१ जेठ: नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा पक्राउ परेका छन् । सिञ्जा गाउपालिका–२ घोडेङ्गामा आफ्नै घरमा सुतिरहेका बेला गएराति २ः०० बजेतिर जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले रविकिरणलाई पक्राउ गरेको परिवारिक स्रोतले जनाएको छ ।



एक महीनाअघि मात्रै रविकिरण्लाई काठमाडौँमा पक्राउ गरी धरौटीमा छाडिएको थियो । रातिनै पक्राउ गरी जिल्ला जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । विप्लव समूहका गतिविधि पछिल्लो समय उक्त गाउँपालिकामा बढ्दै गइरहेको थियो । रासस

प्रतिक्रिया